बुटवल, २५ भदौं । नेपाल मगर संघ,बुटवल उपमहानगरपालिका वडा नं १० इकाई समिति,सुख्खानगरको बृहत तेस्रो वडा भेला तथा छैठौं साधारण सभा आज बुटवलमा सम्पन्न भएको छ ।
सभामा बोल्दैं संघका केन्द्रीय कोषाध्यक्ष कमला थापामगरले मगरांत प्राप्तिका लागि मगर संघ अझैं संघर्षमा रहेको बताउंनु भयो । संघर्षविना मगरांत प्राप्त नहुंनेमा जोड दिंदैं थापाले त्यसको तयारीमा लागेको बताउंनुभयो ।
कार्यक्रममा संघका पूर्व जिल्ला उपाध्यक्ष दलबहादुर थापामगर, बुटवल नगर अध्यक्ष गोपाल चौहान, पूर्व सचिव शिवलाल थापा, सल्लाहकार पूर्णबहादुर थापा, ज्योति थापा, महिला मगर संघकी अध्यक्ष माया सारु, खिमबहादुर थापा लगायतले बोल्नु भएको थियो ।
कार्यक्रम संघका वडा अध्यक्ष थर्कबहादुर बाह्रघरेको अध्यक्षता, सचिव चेतबहादुर रानाको सञ्चालन, चन्द्रकुमार सारुको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।