बस्यालको एकल “हाइकु” वाचन

1.3K

बस्यालको एकल “हाइकु” वाचन

haiku

परासी, भदौ । गजलकार एवम् कवि खगेन्द्रप्रसाद बस्यालको एकल “हाइकु” वाचन कार्यक्रम आज नवपरासीको जहदामा सम्पन्न भएको छ ।

जहदा–८, स्थित सामुदायिक पुस्तकालयमा आयोजित विशेष कार्यक्रमबीच कवि बस्यालले एक सय पचहत्तर (१७५) वटा हाइकु वाचन गर्नुभएको थियो ।

साहित्यकार एवम् प्राध्यापक ऋषिराम भुसालको प्रमुख आतिथ्य तथा मुक्तकका विशेषज्ञ डा. मुरारि पराजुली र लोकप्रिय कलाकार टीका पहाडी लगायत कला–साहित्यानुरागीको उपस्थिति एवम् टिप्पणी सहित कार्यक्रम भएको थियो ।

दिपक बरालको सञ्चालन तथा पुस्तकालयका अध्यक्ष सूरज के.सी.को अध्यक्षतामा भएको कार्यक्रममा एकल “हाइकु” वाचनसँगै अन्य व्यक्तिहरूले समेत आफ्ना रचना वाचन गरेका  थिए ।

सो अवसरमा प्रेमप्रसाद बसेल, राजकुमार यादव, विनोद चौधरी, मुक्तिनाथ गैह्रे, सरिता कँडेल, रामहरि शर्मा, गोपालसिंह आले लगायतले आफ्ना रचना समेत वाचन गरेका थिए ।

कार्यक्रममा सगरमाथा आरोहण गर्ने निजामति कर्मचारी तुल्सीराम भण्डारीले आफ्नो आरोहण अनुभवलाई रोमाञ्चक रूपमा प्रस्तुत गर्नुभएको कार्यक्रममा सहभागी वातावरणविद् आशीष बस्यालले जानकारी दिनुभयो ।