भुपु गोर्खा पल्टनको सफलताको सम्झनामा बुटवलमा कार्यक्रम

1.3K

भुपु गोर्खा पल्टनको सफलताको सम्झनामा बुटवलमा कार्यक्रम

gorkha-raifalll

बुटवल, भदौ । गोर्खा राईफल अन्तरगत बटालियन ५÷९ जिआरले आज विशेष कार्यक्रम गरि फिलौरा दिवश मनाएको छ ।

नेपाली भएर पनि भारतिय गोर्खा राईफलमा कार्यरत भुपु सैनिकहरुलेको ५ जिआर पल्टनलले बुटवलमा ईतिहासको सम्झनासहितको कार्यक्रम गरेको छ । आजभन्दा झण्डै ५० बर्ष खघि अग्रेजसंगको युद्धमा गोर्खा राईफल अन्तरगतको ५ जिआर पल्टनलले फिलौरा भन्ने स्थान कब्जा गरेको खुशियालीमा यो दिवश मनाउने गरिएको संस्थाका राम प्रसाद खनाल क्षेत्रीले बताउनु भयो ।संस्थाका अध्यक्ष सेवेदार मेजर राज कुमार केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कर्नेल एक वहादुर भण्डारीले भुपु हरु समाजमा बसेर रचनात्मक कार्यक्रमहरु संचालन गर्नु पर्ने बताउदै यसका लागि एकताबद्ध हुन आग्ह गर्नु भयो । कार्यक्रममा विशिष्ठ अतिथि मेजर झपट वहादुर खड्काले भुपुहरु संगठित भएर एक आपसमा सहकार्य गनुर्स पर्नेमा जोड दिनु भयो ।बुटवल आसपासका रहेको २०० जनाको सहभागितामा दिवश मनाइएको थियो । सो अवसरमा नाचगान गरेर उनिहरुले एक आपसमा खुशीयाली मसेत मनाएका थिए ।