बुटवल, २६ भदौ । इनरव्हील क्लब अफ रुपन्देहीको औपचारीक उदघाटन गरिएको छ । रोटरी क्लब अफ बुटवल डाउनटाउनद्धारा स्पोन्सर गरिएको क्लबको एक समारोहका विच इनरव्हील क्लब ३५०का अध्यक्ष विजया लक्ष्मी श्रेष्ठले प्रमाणपत्र प्रदान गरि क्लबको उदघाटन गर्नुभएको हो ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष श्रेष्ठले इनरव्हीलले महिला शसक्तिकरण गर्नुका साथै सामाजीक काममा समेत टेवा पु¥याउने आशा व्यक्त गर्नुभयो । विश्वभरनै इनरव्हीलले सामाजिक क्षेत्रमा पनि उदाहरणीय काम गरेको भन्दै रुपन्देहीले पनि समाज परिवर्तनमा भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष राजेन्द्र ढकालले रोटरीको स्पोन्सरमा स्थापना भएको क्लबले छोटो अवधिमै सामाजीक काम गर्न सफल भएको भन्दै आगामि दिनमा अझ बढि क्रियाशिल हुन आग्रह गर्नुभयो । उहाँले सामाजिक सेवा समर्पित हुँदै महिला सशक्तिकरणमा समेत संस्थाले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा इनरव्हील डिष्ट्रिकका निवर्तमान अध्यक्ष कमल प्रवाह खरेल, इनरव्हील क्लब अफ बुटवलका अध्यक्ष शशि श्रेष्ठ, रोटरी क्लब अफ बुटवलका अध्यक्ष आमोदख सिमागैडाले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
क्लबका अध्यक्ष ईना उपाध्यायको अध्यक्षता, सचिव मञ्जु आचार्य घिमिरेको सञ्चालन, सदस्य चिनादेवी गिरीको स्वागतमा भएको कार्यक्रममा उपाध्यक्ष हेमा न्यौपानेले धन्यवाद ज्ञापन गर्नुभएको थियो । उद्घाटन समारोहमै इनरव्हील क्लब अफ रुपन्देहीले बुटवल १३ स्थित नेपाल अपाङ आश्रमलाई नगद ५ हजार सहयोग गरेको छ ।
यसैगरि क्लबका सदस्यहरुलाई डिष्ट्रिक अध्यक्ष विजया लक्ष्मी श्रेष्ठले पिन वितरण गर्नुभएको थियो । कार्यक्रममा विभिन्न कलाकारहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए ।