पाकडीको टोल भेला

1.3K

पाकडीको टोल भेला

देवदह, २८ भदौं । नेकपा एमाले देवदह वडा नं ८ सुनकौडा पाकडीको  टोल भेला सम्पन्न भएको छ ।

भेलाले ललिता भण्डारीको अध्यक्षतामा २१ सदस्यीय टोल कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा नेत्रबहादुर क्षेत्री, सचिवमा गणेश क्षेत्री, उपसचिवमा माया हिताङ्ग रहनुभएको छ ।

सदस्यहरुमा डिल्ली बहादुर सिंह, बसुन्धरा मगर, खेमबहादुर क्षेत्री, नारायण भण्डारी, देवीदत्त ज्ञवाली, सिता ज्ञवाली, कृष्णबहादुर बिक, जगत बहादुर क्षेत्री, शारदा श्रेष्ठ, माया सुवेदी, बलबहादुर गुरुङ्ग, धनबहनदुर गुरुङ्ग, राधा चौधरी, तेजबहादुर परियार, जमुना न्यौपाने र पुजा क्षेत्री रहनुभएको छ ।

वार्ड कमिटी सदस्य विनोदकुमार बिकको अध्यक्षता, क्षेत्रीय कमिटी अध्यक्ष निलकण्ठ पौडेलको प्रमुख आतिथ्यतामा भएको भेलामा दिवाकर अधिकारी, विष्णु ज्ञवाली, पदमबहादुर थापा, डि.वी मोक्तान, क्षेत्रीय कमिटी सचिवालय सदस्य टंक पोखरेल, जिल्ला कमिटी सदस्य रेवति घले लगायतले आ–आफ्ना भनाई राख्नुभएको थियो ।

 भेला वार्ड कमिटी उपाध्यक्ष बन्धु कुमालको स्वागत, क्षेत्रीय कमिटी सल्लाहकार चन्द्र भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।