बुटवल, १० भदौ । अक्सफोर्ड कलेज बुटवल–१० को ब्यवस्थापन संकाय कक्षा १२ का विद्यार्थीहरुले बृक्षरोपण कार्यक्रम गरेका छन् ।
अक्सफोर्डको कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले बाल दिवसको अवसर पारेर देवदह नगरपालिकामा रहेको रोहिणी सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका तीन सय बढी विरुवा रोपेका हुन् ।
शंकरनगर सामुदायिक बन उपभोक्ता समुहको सहयोगमा प्राप्त भएका धुपी, टाकी, टिक, मसला र राजवृक्ष प्रजातिका विरुवाहरु रोहिणी सामुदायिक बनको क्षेत्रमा रोपेका हुन् ।
कार्यक्रममा अक्सफोर्डका प्राध्यापक यसु भूषाल, थानेश्वर भण्डारी, रोहिणी सामुदायिक बनका अध्यक्ष चन्द्र बहादुर रसाईली, विद्यार्थी सरोज महत्रा, विन्दु जिसी लगायतले बन तथा वातावरण संरक्षणका लागि समय–समयमा वृक्षरोपण गर्नु आवश्यक भएकाले वृक्षरोपण कार्यक्रम गरिएको बताउनुभयो ।