बुटवललाई स्माटसिटीको रुपमा स्तरउन्नती गर्नुुपर्ने

1.3K

बुटवललाई स्माटसिटीको रुपमा स्तरउन्नती गर्नुुपर्ने

butwal-smart-city

अर्जुन ज्ञवाली /
बुटवल, ३० भदौ । भोलीको बुटवल आधुनिक स्माटसिटीको रुपमा स्तरउन्नती गर्नुुपर्ने बुटवलका सरोकारवालाहरुले बताएका छन ।

बुटवल जेसीजले आफ्नो सप्ताहब्यापी कार्यक्रम जेसीज सप्ताह–२०१६ अन्तरगत  “भोलीको बुटवल बिषयक अन्तरक्रिया कार्यक्रम”मा बिभिन्न वक्ताहरुले बुटवललाइ ब्यवस्थीत गदै अन्तराष्ट्रीय मापदण्डको आधुनिक स्मार्ट शहर निमार्ण गर्नुपर्नेमा जोडदिए । भोलीको बुटवल सन्दर्वमा  पुर्व उपमेयर  बिमल बहादुर शाक्यले बुटवलको प्रादुर्भाव देखि भोलिको बुटवल सम्मको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्रमा १ करोड १० लाख बर्षको रामापिथेकसको बंगाराको दात भेट्टीएको स्थानमा बृहत प्राकृतिक संग्रहालय निर्माण गर्नुपर्ने, जितगढी किल्लालाइ सैनिक संग्रालय बनाउने, मणिमुकुन्दसेन दरवारको उचित संरक्षण गरि एैतिहासिक ÷जातिय संग्रालय निर्माण गरिनुपर्ने, सिद्धबाबा धामलाइ थप ब्यवस्थीत र विस्तार गर्नुपर्ने तथा यस क्षेत्रको बिकासमा योगदान पुरएकाहरुको शालिक बनाउनुपर्ने उल्लेख गर्नुभएको थियो । साथै उहाले कार्यपत्रमा बुटवललाइ स्वास्थ, शिक्षा र खेलकुदका केन्द्र बनाउन आजबाटै लाग्नुपर्ने औल्याउनुभयो ।

कार्यक्रमका बुटवल उपमहानगरपालिकाका बरिष्ठ अधिकृत बिष्णु खनालले  कार्यसम्पादनको हिसाबले बुटवल उपमहानगरपालिका उत्कृष्ट भएपनि  उपमहानगरपालिकालाई चाहिने योग्यता अझै कम रहेको औल्याउँदै राजनीतिक दलले समन्वय गरेर बुटवललाई तिव्र बिकासमा अगाडि बढ्नपर्ने उल्लेख गर्नुभयो ।

नेपाली काङ्ग्रेस बुटवलका उपसभापति  बिमलराज भट्टराईले बुटवलको बिकासमा नेपाली काङ्ग्रेसले महत्त्वपूर्ण भुमिका खेलेको औल्याउँदै अब बुटवललाई स्माटसिटि बनाउन अघि बढ्नुपर्नेमा जोडदिनुभयो ।

उहाले आम्दा हस्पिटल, बुटवलमण्डप, बुटवल बहुमुखी क्याम्पस, लुम्बिनी बाणिज्य क्याम्पस, मनिमुकुन्द्सेन उद्दानको स्थापना गर्न नेपाली काङ्ग्रेसले अग्रणी भुमिका खेलेको उल्लेख गर्दै   समय सापेक्ष परियोजना तय गरि भोलिको बुटवल बनाउनुपर्ने बताउनुभयो । भट्टराइले भने “स्वच्छ र सुन्दर शहर  निमार्णका लागि आवस्यक पुर्वधारको दु्रत निर्माण गरी तिब्र औधेगीरकण र  ब्यावसय बिबिधिकरणलाइ जोड दिनुपर्छ ।”
त्यस्तै माओवादी केन्द्रका हरी घिमिरेले  बुटवलको मौलिकता झल्कने गरि नयाँ बुटवल निर्माण गर्नुपर्ने बताउनुभयो । नयाँ शक्तिका नारायण प्रसाद नागीलाले  एसएलसीसम्म्को अध्ययनको लागि बुटवल राम्रो भएपनी उच्च शिक्षाको लागि काठमाडौ जाने बाध्यता रहेकोले अब गुणस्तरीय उच्च शिक्षाको अध्यनको लागि बुटवललाई केन्द्र बनाउन पहलकदपी लिनुपर्नेमा जोड दिनुभयो ।

राप्रपाका नेता एवम्  पुर्व मेयर पुनाराम पोख्ररेलल आधुनीक बुटवल निमार्ण गर्न ठोस योजना बनाइ कार्यन्यवन गर्नुपर्ने बताउनुभयो । प्राध्यापक आनन्दमान सिंह शाक्यले  बुटवललाई स्मार्टसिटी बनाउनेको कामसगै बुटवलबासी पनि स्मार्ट हुनुपर्ने औल्लाउनुभयो ।

बुटवल उद्योग बाणिव्य संघका उपाध्यक्ष उज्जवल  कसजुले बुटवल उद्योग बाणिव्य संघका पुर्व अध्यक्ष नवराज श्रेष्ठको पहलमा शुरु गरीएको मोतीपुर औधोगिक क्षेत्रको शिघ्र सन्चालन भए बुटवललाइ सशक्त औधीगिक क्षेत्रको रुपमा विकास गर्न टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रम बुटवल जेसीजका अध्यक्षको सभापतित्व, भोलीको बुटवल बिषयक अन्तरक्रिया कार्यक्रमका संयोजक बिष्णु पुरीको स्वागत एवम् महासचिव राजेन्द्र धिमीरेको संन्चालनमा सम्पन्न भएको थियो ।