नापी सर्वेक्षक साहले सिद्धार्थनगर नगरपालिकामा जग्गा र घरको हालसाविक गर्ने निवेदन उपर कानुन बमोजिम नगरी विभिन्न बहानामा सेवाग्राहीसँग रु १५ हजार घुस माग गरेको आयोगले जनाएको छ ।
आयोगको बुटवलस्थित कार्यलायको टोलीले निज साहलाई घुस रकम लिँदै गर्दाको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान थालेको आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।