१३औ महाधिवेसन :जन सम्पर्क समिति बेल्जियम फुटको संघारमा ,अर्को समुहले चयन गर्यो महासमिति सदस्य र प्रतिनिधि

618

१३औ महाधिवेसन :जन सम्पर्क समिति बेल्जियम फुटको संघारमा ,अर्को समुहले चयन गर्यो महासमिति सदस्य र प्रतिनिधि

ब्रसेल्स/बेल्जियम

नेपाली कांग्रेसको भात्री संगठन जनसम्पर्क समिति फुटको संघारमा पुगेको छ | महाधिवेसन महासमिति सदस्य र प्रतिनिधि चयनको विषयलाई लियर उत्पन्न मतभेद चर्कदै गयपछी यो स्थिति देखापरेको हो |

मतभेद चर्कदै गयपछि बेल्जियम बाट नेपाली कांग्रेशको १३औ महाधिबेसनको लागि अन्तत १३ जनाको महाधिवेसन महासमिति सदस्य /प्रतिनिधि चयन भयको छ | जनसम्पर्क समिति बेल्जियमका अधक्ष्य सन्तोष जोशीको एक टोलि र अर्को समितिकै सल्लाहाकार जानकी गुरुंगको संयोजकत्वमा अर्को प्रतिनिधिहरुको चयन भयको हो  |

विगतमा चयन भयको समितिलाई ‘अमान्य’ र ‘विधान र केन्द्रको विपरित’ भयको हवाला दिदै जानकी गुरुंगको समहूले आज नया महासमिति सदस्य र प्रतिनिधि चयन गरेको छ | केहि दिन अघि भयको समिति सबै क्रियासिल सदस्य तथा बेल्जियम कांग्रेसमा कटिबद्ध भयका पुराना र अग्रसर हरुलाई लत्यायर अगाडी बढेको आरोप आज गठित समुहले लगायको छ | आज चयन भयका नया अनुहार हरुमा उल्का घिमिरे,धुर्ब पौडेल,जानकी गुरुङ ,घनश्याम शाही लगायत रहेका छन | उल्का घिमिरे अहिले नेपालमा रहेका छन भने अरु सबै बेल्जियममा रहेका छन | केन्द्रको जारी पत्र अनुसार बिधान अनुसार चयन गरेको दाबी आज गठित समुहको रहेको देखिन्छ |

जन सम्पर्क समिति बेल्जियमका सस्थापन अधक्ष्य धुर्व पौडेलका अनुसार पनि पुर्व घोषित  महाधिवेसन महासमिति सदस्य र प्रतिनिधिहरुको चयन भयकाहरु विधान मिचेर गयको प्रस्ट पारेका छन | सहमति र नेपाली कांग्रेसको मर्म विपरित सबैलाई समेट्न नसकेको उनको गुनासो रहेको छ |’समय छ अझै पनि मिलेर मिलायर जान सकिन्छ | हिजो १२औ महाधिवेसनमा पनि प्रक्रियागत रुपमा प्रतिनिधि छानियको होइन |यस्तो तरिकाले समितिलाई मजबुत बनाउन झन असहयोग गर्दछ |’पौडेलले भने ‘सकभर मिलेर जानुपर्दछ |यसैमा सबैको भलो हुने देखिन्छ |’आजको कार्यक्रममा सबैले सर्वसहमतीमा आफुलाई चयन गरेको तर आफुले जानैपर्छ भनेर अघि नसारेको उनले  जिकिर गरेका छन |

अर्को तर्फ केहि दिन अघि गठन भयको केन्द्रिय प्रतिनिधिहरुको कुरा भने बेग्लै रहेको छ | आफुहरु बिधान सम्मत ,क्रियासिल सदस्यहरुको मनोयनमा आफ्ना प्रतिनिधि चुन्दै उनीहरुले केन्द्रको लागि अन्तिम प्रतिनिधि चुनेको दाबी गरेका छन | ‘आज भयको कार्यकर्म सबै जन सम्पर्क समितिको खिलापमा रहेको छ | हामीले यो कार्यक्रमलाइ मान्यता दियका छैनौ |’जन सम्पर्क समिति बेल्जियमका अधक्ष्य सन्तोष जोशीले लुम्बिनी अनलाइन संग कुरा गर्दै भने ‘हामीले चयन गरेको प्रतिनिधि नै अन्तिम र आधिकारिक हो र यसैले केन्द्रमा मान्यता पाउछ |अरुहरुको विरोध समितिको मर्मलाई कुल्चेर गयको हुदा भोलि आवस्यक कारवाही हुनसक्छ |’जोशीले मेरै गोरुको बार्है टक्का हुनुपर्छ भन्ने मान्यता कांग्रेसी शुभचिन्तकले फालेर मिलेर जानुपर्ने बताय |

माथिका दुवै पक्षको कुरालाइ हेर्दा जनसम्पर्क समिति बेल्जियम पनि अरु देशमा भयका समिति हरु जस्तै भित्र भित्र टुट फुटको संघारमा रहेको प्रस्ट पारेको छ | हिजोका दिनमा समिति फुटाउन लागि परेका उल्का घिमिरे अहिले पनि केन्द्रमा गयर सोहि बाटोमा हिडेको धेरैको आरोप रहेको छ | यता जानकी गुरुङ पनि १२औ महाधिवेसन प्रतिनिधि बनेर जादाको  अवस्था र विधि भुलेर अहिले आक्रोश र स्वार्थको राजनीतिमा केन्द्रित रहेको अर्को पक्षले बतायको छ |

एन आर एन बेल्जियमको निर्वाचन  ताका मिलेर अगाडी बढेको बेल्जियम समितिलाई सकेसम्म मिलायर जान सकेमा सस्थाकै लागि उत्तम हुने देखिन्छ | तर पद र स्वार्थको लागि विधान मिचेर जानु र आन्तरिक वादविवाद गर्नुको सट्टा खुलेयाम अर्को कार्यक्रम राख्नु दुवै अशोभनीय र अनुचित रहेको छ |