
बुटवल, २३ जेठ । प्रदेश ५ को सरकारले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अघि बढाउने भएको छ । बुधवार बसेको मन्त्रिपरिषदको बैठकले यो कार्यक्रम स्वीकृत गरेको हो ।
प्रदेशका १२ वटै जिल्लाका मानव विकास सुचांक कम्जोर भएका ३५ गाउँपालिकामा यो कार्यक्रम लागु हुने छ । ति गाउँपालिकाका पिछडिएका समुदायमा शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना जस्ता कार्यक्रम सञ्चालन हुने छन् ।
उनीहरुलाई ३ वर्षमा मुलप्रवाहीकरणमा ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । त्यस्तै प्रदेशको मन्त्रिपरिषदको बैठकले प्रदेश पाँचको प्रदेश वित्त व्यवस्थापन विधेयक र प्रदेश कर तथा गैरकर राजस्व विधेयक स्वीकृत गरेको छ । स्वीकृत विध्येक संसदमा पेश गरिने छ ।