उपाधि वर्णवाललाई

445

उपाधि वर्णवाललाई

body-builder

पोखरा, १ असोज । पोखरामा भइरहेको दोस्रो मिस्टर वुल्समेन राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिताको उपाधि नेपाल व्यायम मन्दिरका अर्जुन वर्णवालले जित्नु भएको छ ।

पचहत्तर किलो तौल समूहसहित सबैलाई पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । उहाँले नगद रु एक लाख ५५ हजार ५५५ र ट्रफी प्राप्त गर्नु भएको छ ।

वुल्समेन क्लब पोखराको आयोजनामा भएको सो प्रतियोगिताको ७० किलो समूहमा रामहरि खनाल, ६० किलो समूहमा सन्जीव श्रेष्ठ र ५५ किलो तौल समूहमा कमल भण्डारीले स्वर्ण पदक जित्दै नगद रु १५ ÷१५ हजार प्राप्त गर्नुभयो ।

प्रतियोगितामा विजयी खेलाडीलाई प्रहरी नायब महानिरीक्षक कमलसिंह बम, एनआरएनए युकेका सल्लाहकार मुक्षेत्र गुरुङ, क्लबका संरक्षक सुनिल गुरुङ र कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष यामबहादुर गुरुङले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा ८० खेलाडीको सहभागिता रहेको थियो । रासस