गुल्मी दुर्घटनाका मृतक र घाईतेको विवरण खुल्यो

895

गुल्मी दुर्घटनाका मृतक र घाईतेको विवरण खुल्यो

ooगुल्मी असोज १८ ।जिल्लाको सदरमुकाम तम्घास नजिकै सोमवार दिउसो भएको बस दुर्घटनामा ५ जनाको मृत्यु भएकोे छ । बिहान ८ बजे बुटवलबाट जिल्लाको सदरमुकाम तम्घास तम्घास आउँदै गरेको लु १ ख ४१६१ नम्बरको बस दिउँसो सदरमुकाम नजिकै रेसुङ्गा नगरपालिको उर्लेनीमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा रेसुङ्गा नगरपालिका ६ का ४५ बर्षिय रोहित मरासिनी, रेसुङ्गा नगरपालिका वार्ड नं. ८ का ३३ वर्षका करण चुदारा, रेसुङ्गा नगरपालिका वार्ड नं. १५ की ५० वर्षिय भिम कुमारी श्रीस रेसुङ्गा नगरपालिका १५ कै ताम बहादुर सुनार र अलाङ्गकोट ६ की ५ बर्षिय सिजन परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । दुुर्घटनामा दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।दुर्घटनामा घाईते हुनेहरुमा भनभने ५ का कमल पन्थी, रेसुङ्गा नगरपालिका १४ का रिख बहादुर घर्ती , मुसिकोट ६ की माया परियार, जुभुङ्ग ४ का कृष्ण बलाल, अर्लाङ्कोट ६ की पुष्पा परियार, पाल्पाका सन्तोष गैरे, रेसुङ्गा नगरपालिका १५ का कुमार सुनार, हर्दिनेटा ५ की दिपा अर्याल, बलिथुम ४ का जनक बहादुर घर्ती, बलेटक्सार ७ की पार्वती ज्ञवाली, कपिलबस्तुका बिष्णु भण्डारी, रेसुङ्गा नगरपालिका १२ का भिम बहादुर बस्नेत, नवलपरासीकी राधा ढकाल, रेसुङ्गा नगरपालिका ३ की सुमित्रा कुवँर, हर्दिनेटा ५ की सगीता पन्थ, पाल्पाका बस चालक श्रीधर पाण्डे, रेसुङ्गा नगरपालिका ८ की कमला चुदारा, जुभुङ ४ का सुमन दर्लामी, रेसुङ्गा नगरपालिका १३ का दिपक पाण्डे, सिर्सेनी ४ का अनुष घर्ती, बलेटक्सार ७ की मनिषा ज्ञवाली, बिरवास ७ का ओम बहादुर रजाली रेसुङ्गा नगरपालिका २ का नवराज सुवेदी र पाल्पा कचल ३ का रिम बहादुर दर्लामी घाईते भएका छन ।घाईतेहरु मध्ये १० जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । गम्भिर घाईतेहरुलाई जिल्ला अस्पताल तम्घासमा सामान्य उपचार गरि थप उपचारका लागि पाल्पा रिफर गरिएको छ । गम्भिर भाईतेहरु अधिकाशंको टाउको र छातीमा चोट लागेको छ । बस सडकबाट करिब ५० मिटर तल खसेर भिरमा रुखमा अडिएको छ । बस तिब्र गतिका कारण दुर्घटनामा परेको सामान्य घाईतेहरुले बताएका छन । बस दुर्घटना स्थल सदरमुकाम तम्घासबाट ७ किलोमिटरको दुरीमा रहेको छ । दुर्घटनामा स्थल सदरमुकाम नजिकै परेकाले घाइृते यात्रुहरुकोे शसस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, सदरमुकामवासीहरु लगायत स्थानीयले उद्धार गरेका थिए ।