बुटवल उद्याेग वाणिज्य संघमा नयाँ कार्यसमिति : अध्यक्षमा पाैडेल

1.3K

बुटवल उद्याेग वाणिज्य संघमा नयाँ कार्यसमिति : अध्यक्षमा पाैडेल

बुटवल उद्याेग वाणिज्य संघ, रुपन्देहीकाे अध्यक्षमा नरिश्वर शर्मा पाैडेल निर्वाचित भएका छन् । संघकाे २६औं अधिवेशन अन्तरगत मंगलबार सम्पन्न निर्वाचनबाट आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्ष पदमा ८३३ मत ल्याएर पाैडेल निर्वाचित भएका हुन् ।
अध्यक्ष पदका अर्का प्रतिस्पर्धी टंकप्रसाद गैरेले ६०१ मत प्राप्त गरेकाे प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले बताए ।
संघकाे निर्वाचनमा १ हजार ८१० मतदाता मध्ये १ हजार ४६६ जनाले मतदान गरेका थिए । संघकाे ७३औं वार्षिक साधारण सभा तथा २६औं अधिवेशनबाट नेतृत्व लिनका लागि पाैडेल र गैरे छुट्टाछुट्टै प्यानल खडा गरि निर्वाचनमा हाेमिएका थिए । जसमा पदाधिकारीमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, महासचिव, सचिव, सहकाेषाध्यक्ष र कार्यसमिति सदस्यमा १२ जना पाैडेल प्यानलका उम्मेद्वार निर्वाचित भएका छन् भने उद्याेग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष र काेषाध्यक्षसहित कार्यसमिति सदस्यमा ६ जना गैरे प्यानलबाट निर्वाचित भएका छन् ।
संघकाे वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई निर्वाचित भएका छन् । उनले ७२४ मत प्राप्त गर्दा अर्का प्रत्यासी बिमलराज भट्टराईले ६९८ मत प्राप्त गरे ।
त्यसैगरी उद्याेग उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् । उनले ७१२ मत प्राप्त गरि निर्वाचित हुँदा अर्का प्रत्यासी निर्मित कसजूले ६९३ मत प्राप्त गरे । त्यस्तै वाणिज्य उपाध्यक्षमा मुक्तिप्रसाद अधिकारी निर्वाचित भएका छन् । उनले ७१९ मत प्राप्त गर्दा अर्का प्रत्यासी बाबुराम विश्वकर्माले ७ सय मत प्राप्त गरे ।
महासचिव पदमा बिसन्तप्रसाद ढकाल निर्वाचित भएका छन् । उनले ७१४ मत प्राप्त गर्दा अर्की प्रत्यासी जमुना पाैडेलले ७०२ मत प्राप्त गरिन् । काेषाध्यक्ष पदमा टिकाराम वञ्जाडे निर्वाचित भए । उनले ७३८ मत सहित निर्वाचित हुँदा अर्का प्रत्यासी प्रतीक पाेखरेलले ६७३ मत प्राप्त गरे । सचिव पदमा ७५२ मत सहित दीपक चापागाई निर्वाचित भए । अर्का प्रत्यासी काशिराम पाैडेलले ६४८ मत प्राप्त गरे । सहकाेषाध्यक्ष पदमा ८६८ मत सहित कमला पाेखरेल निर्वाचित भईन् । अर्का प्रत्यासी जाकिर हुसेनले ५४२ मत प्राप्त गरे ।
त्यसैगरी एशाेसियट तर्फबाट कार्यसमिति सदस्य पदमा ७८१ मत सहित बालकृष्ण पाैडेल निर्वाचित भए । त्यस्तै कार्यसमिति सदस्यमा उद्याेग तर्फबाट ८३१ मत सहित सुनिता शर्मा वञ्जाडे, ६७९ मत सहित गाेपाल टण्डन, ६७६ मतसहित लेखनाथ भण्डारी र ६५६ मत सहित ज्ञानबहादुर पुन निर्वाचित भएका छन् । उद्याेग सदस्य पदमा दिपक बास्ताेलाले पनि समान ६५६ मत प्राप्त गरेपछि गाेलाप्रथाद्वारा पुन निर्वाचित भएका हुन् ।
त्यस्तै वाणिज्य तर्फबाट कार्यसमिति सलस्य पदमा ८२८ मत सहित गणेशप्रसाद भट्टराई, ७२७ मत सहित सुनिता गिरी, ६६१ मत सहित रामबहादुर भण्डारी र ६५४ मत सहित उमेश अमात्य निर्वाचित भएका छन् ।
खुलाबाट कार्यसमिति सदस्यमा ८४६ मत सहित बिष्णु (कमला) पन्थ घिमिरे, ७८८ मत सहित दीपक घिमिरे, ७६४ मत सहित सुनिता अर्याल, ७२३ मत सहित प्रदिप शाक्य, ६८७ मत सहित बिष्णुप्रसाद उपाध्याय, ६५६ मत सहित गाेपालप्रसाद बस्याल र ६२५ मत सहित विजयकुमार वर्णवाल निर्वाचित भए ।
त्यस्तै महिला कार्यसमिति सदस्यमा ६९९ मत सहित रेनु श्रेष्ठ र ६२२ मत सहित मञ्जु पुरी गिरी निर्वाचित भईन् ।