देशभर `छक्का पञ्जा`

525

देशभर `छक्का पञ्जा`

film

काठमाडौं, । भदौ २४ देखि देशभर प्रदर्शनमा रहेको चलचित्र छक्कापञ्जा दोस्रो हप्ता सम्म पनि हाउसफुल रहेको छ ।
सम्भवत धेरै समयपछि नेपाली फिल्मले दर्शकको माया पाएको छ । दर्शकको क्रेज पाएर कुनै फिल्मको टिकट रिलिजको दोश्रो हप्तासम्म पाउन पनि गार्हो बनेको अवस्थामा ुछक्का पञ्जाुले त्यो माया पाएको छ ।

भाद्र २४ गतेबाट रिलिज भएको फिल्म ुछक्का पन्जाु दोहोर्याई तेहेर्याई हेर्न जाने चाह राख्नेको ठुलो जमात छ । फिल्म दोश्रो सातामा चलिरहेको छ तर दर्शकको क्रेज जस्ताको तस्तै छ । मल्टिपेल्क्सदेखि सिङल थिएटरसम्म ुछक्का पन्जाु ले नै राज गरिरहेको छ ।

निर्देशक दिपाश्री निरौलाको डेव्यु फिल्म ुछक्का पन्जाु ले शनिबार सम्ममा करिब ५ करोडको व्यापार गर्ने आँकडा छ जुन सम्भवत नेपाली फिल्मले कमाएको सबैभन्दा बढी पहिलो हप्ते कमाई हो ।

दर्शकले टिकट नपाएर गोपिकृष्ण हल चावहिलमा नाराबाजी नै लगाउदा निर्देशक दिपाश्री निरौला स्वयम पुगेर दर्शकलाई अरु शो हेर्न अनुरोध गर्न बाध्य पारेको देखियो । यस्तै अन्य मल्टिप्लेक्समा पनि दर्शक ओईरेको देख्दा लाग्छ देशमा ठुलै मेला लागेको छ ।

फिल्ममा दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, बर्षा राउत, केदार घिमिरे, बुद्धी तमाङ, नम्रता सापकोटा, शिवहरी पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।