आर्यन र नम्रता सर्वोत्कृष्ट

717

आर्यन र नम्रता सर्वोत्कृष्ट

काठमाडौँ, । आर्यन सिग्देल र नम्रता श्रेष्ठ ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार–२०७२’ का सर्वोत्कृष्ट अभिनेता÷अभिनेत्री घोषित भएका छन् । यहाँ आज भएको पुरस्कार वितरण कार्यक्रममा ‘पशुपतिप्रसाद’लाई गत वर्ष (२०७२) को सर्वोत्कृष्ट चलचित्र ठह¥याइयो ।

त्यस्तै चलचित्र ‘क्लासिक’बाट दिनेश राउत सर्वोत्कृष्ट निर्देशक घोषित हुनुभयो । त्यसैगरी उत्कृष्ट सहअभिनेता ‘रेशम फिलिली’बाट कामेश्वर चौरसिया र सहअभिनेत्री ‘अधकट्टी’बाट अशिष्मा नकर्मी’ घोषित भए । साथै नवअभिनेता ‘होस्टेल रिटन्र्स’बाट सुशील सिटौला तथा नवअभिनेत्री ड्रिम्सबाट साम्राज्ञी राज्यलक्ष्मी शाह उत्कृष्ट भए ।

वर्षको सर्वोत्कृष्ट व्यावसायिक चलचित्रको पुरस्कार भुवन केसीको ‘ड्रिम्स’ हुँदा त्यसैका नायक अनमोल केसी निर्णायकका तर्फबाट सर्वोत्कृष्ट अभिनेता छानिनुभयो । त्यस्तै सङ्गीतकार अर्जुन पोखरेल तथा पाश्र्व गायनमा अञ्जु पन्त सर्वोत्कृष्ट ठहरिए ।

विभिन्न २० विधामा पुरस्कार प्रदान गरिएको कार्यक्रममा डा प्रदीप भट्टराईलाई सर्वोत्कृष्ट चलचित्र पत्रकारको पुरस्कार प्रदान गरियो । हरेक विधामा मनोनयनमा परेका पाँच जनाबाट सर्वोत्कृष्ट एक जना छनोट गरिएको थियो । त्यस्तै पुरस्कारको हरेक विधाको नामाकरण सोही विधाका हस्तीका नामबाट गरिएको थियो ।

नेपाल चलचित्र विकास कम्पनी (लि)सँगको सहकार्यमा ‘गोपीकृष्ण इन्टरटेन्मेन्ट’को आयोजनामा विगत चार वर्षदेखि हँुदै आएको पुरस्कारका विजेतालाई चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईलगायतले ‘अवार्ड’ प्रदान गर्नुभयो ।