जुरेस संरक्षकको गोष्ठि सम्पन्न

825

जुरेस संरक्षकको गोष्ठि सम्पन्न

logoबुटवल । नेपाल जुनियर रेडक्रस सर्कल रुपन्देहीको जिल्ला स्तरीय संरक्षक गोष्ठि सोमबार रुपन्देहीको तिलोत्तमामा भएको छ ।
नेपाल रेडक्रस सोसाइटि रुपन्देहीको आयोजना तथा सिद्धार्थ अंग्रेजी आवासीय उच्च माबिको अतिथ्यतामा भएको गोष्ठिमा बिद्यालयमा गठित जुनियर रेडक्रस सर्कलका संरक्षकहरुको सहभागिता रहेको थियो ।
जुनियर रेडक्रस सर्कल गठन भएका बिद्यालयका प्राचार्य जुनियर रेडक्रसका संरक्षक हुन । गोष्ठिमा बोल्ने बक्ताहरुले देशमा आईपर्ने बिपद्का बेला जुनियर रेडक्रस सर्कलले गरेको सहयोग प्रशंसनीय रहेको बताएका थिए ।
बिद्यालय स्तरीय बिद्यालर्थीलाई सामाजिक भावना अभिप्रेरित गर्नकालागि सर्कलले अतुलनीय भूमिका निर्वाह गरेको उनीहरुको भनाई थियो । जुनियर रेडक्रस सर्कल रुपन्देहीका सदस्य सचिव सैलेन्द्र तुलाधरले वर्ष भरिमा भएका गतिबिधिबारे जानकारी गराउनु भएको थियो ।
गोष्ठिले चालु आर्थिक बर्षकालागि बार्षिक योजना समेत पास गरेको छ । जसमा सर्कलका बिच वक्तृत्वकला प्रतियोगिता, कबिता प्रतियोगिता, चित्रकला प्रीतयोगिता, निबन्ध लेखन प्रतियोगिता, बिपद् व्यवस्थापन सम्बन्धि तालिम, जुरेश कार्यशाला, जुरेश शिक्षक नायककोलागि प्राथमिक उपचार तालिम लगातका कार्यक्रम चलाउने नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापति प्रेमलाल उदासले जाकारि दिनुभयो ।
कार्यक्रमा जिल्ला शिक्षा कार्यलय रुपन्देहीका सहायक जिल्ला शिक्षा अधिकारी टिकाराम आर्याल, नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय उपाध्यक्ष सुदर्शनप्रसाद नेपाल, सो बिद्यालयका अध्यक्ष रामलाल श्रेष्ठ, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष ऋिषेश्वर आर्याल, प्याव्सन रुपन्देहीका अध्यक्ष सुदिप केसी, एन प्याव्सन रुपन्देहीका उपाध्यक्ष देउप्रकाश राई, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, यमबहादुर राना, रमेशप्रसाद वस्याल, लक्ष्मी गुरुङ्, महोमद महबुब खाँ, टिकाराम नयौपाने लगायतले बोल्नु भएको थियो ।