
काठमाडौँ, १९ असोज । सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि च्यासल युथ क्लबले जितेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गरेको उक्त प्रतियोगितामा उपाधिसहित च्यासलले रु पाँच लाख प्राप्त ग¥यो । त्यसैगरी, प्रतियोगितामा न्यूरोड टिम (एनआरटी) दोस्रो बन्यो । उसले ट्रफीसहित रु दुई लाख ५० हजार प्राप्त ग¥यो ।
त्यस्तै, रानीपोखरी कर्नर टिम (आरसिटी) तेस्रो तथा सातदोबाटो युवा क्लब चौथो भयो । तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीले क्रमशः रु एक लाख ५० हजार र ७५ हजार प्राप्त गरे ।
प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक चेतनारायण श्रेष्ठ, उत्कृष्ट गोलकिपर राजुबाबु थापा र उत्कृष्ट डिफेन्डर चेतन थारु घोषित भए । तीनै खेलाडी च्यासल युथ क्लबका हुन् । त्यसैगरी, प्रतियोगितामा उत्कृष्ट मिडफिल्ड एनआरटीका सुशील लामा बने भने उत्कृष्ट फरवार्ड खुमलटार युवा क्लबका सुरज राउत भए ।
उत्कृष्ट घोषित हुने खेलाडी एवम् प्रशिक्षकले जनही रु २५ हजार प्राप्त गरे । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट एवम् एन्फाका पदाधिकारीहरूले पुरस्कार प्रदान गर्नुभएको थियो ।