व्याडमिन्टन प्रतियोगिता हुने

1.3K

व्याडमिन्टन प्रतियोगिता हुने

badminton-khel

बुटवल, ३ कात्तिक । तिलोत्तमा नगरपालिका वडा नं १८ ,खैरिया,रुपन्देहीमा कार्तिक ६ गते खुला डबल ओपन व्याडमिन्टन प्रतियोगिता हुंने भएको छ ।

लुम्बिनी स्र्पाेट्स क्लब,तिलोत्तमा १८,खैरिया,रुपन्देहीको आयोजनामा खैरियामा प्रतियोगिता हुंन लागेको हो । प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पूरा भएको क्लबका सचिव के.बि. रानाले जानकारी दिनुभयो ।

प्रतियोगितामा लुम्बिनी अञ्चलका ६० टिमको सहभागिता रहने रानाले बताउंनुभयो । प्रतियोगितामा प्रथम हुंनेले २५ हजार,द्धितीय हुंनेले १७ हजार र तृतीय हुंनेले १० हजार नगद पुरस्कार पाउंने सचिव रानाले बताउंनु भयो ।

प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय भएकालाई पुरस्कारको प्रायोजन क्रमशःएस.आर.स्टिल उद्योग प्रा.लि.,अन्नपूर्ण एग्रो,माउण्ट एभरेष्ट कठ्ठा उद्योग,लिटिल स्टार इङिलस बोडिङ स्कुल,लुम्बिनी रिचर्स सेन्टर र नसिव गार्मेट उद्योग तिलोत्तमा –१८,रुपन्देहीले गरेको  आयोजक सस्थाका सचिव रानाले जानकारी दिनुभयो ।