अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु

968

अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु

Shesh-Ghale-and-Madhab-Ghimire-400X300काठमाडौँ, २१ असोज । नेपाल प्रज्ञा—प्रतिष्ठान र गैरआवासीय नेपाली सङ्घ (एनआरएन) द्वारा आयोजित अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन यहाँ सुरु भएको छ ।

सो सम्मेलनको आज राष्ट्रकवि माधवप्रसाद घिमिरे र गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

राष्ट्रकवि घिमिरेले नेपाली भाषा, संस्कृति र साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन एनआरएनको ठूलो भूमिका रहेको बताउनुभयो ।

एनआरएनका अध्यक्ष घलेले नेपाली भाषा र संस्कृतिको जगेर्नाका लागि गैरआवासीय नेपाली सङ्घ सधैँ तत्पर रहेको बताउनुभयो ।

नेपाल प्रज्ञा—प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले एनआरएनले नेपालको विकास अभियानमा महत्वपूर्ण योगदान गर्दै आएको बताउनुभयो ।

समारोहमा राष्ट्रकवि घिमिरेले विदेशमा बस्ने ९९ नेपाली कविले सिर्जना गरेका कविता सङ्गालेर निकालिएको ‘डायस्पोराका कविता’ विमोचन गर्नुभएको थियो ।