व्याडमिन्टनमा हिमाल युथ क्लब प्रथम

1.3K

व्याडमिन्टनमा हिमाल युथ क्लब प्रथम

badminton-khel

बुटवल, ७ कात्तिक । लुम्बिनी स्पोर्टस क्लब तिलोत्तमा–१८ खैरिया, रुपन्देहीले आयोजना गरेको दोस्रो खुला पुरुष डवल व्याडमिन्टन प्रतियोगितामा हिमाल युथ क्लब, मणिगाम प्रथम भएको छ ।

युथ क्लबका महेश्वर नेपाल र प्रेमसिंह रानाको टिमले भैरहवा व्याडमिन्टन क्लबका खेलाडी डार्विन रोका र जीवन थापाको टिमलाई २–१ को अन्तरले पराजित गदैं प्रथम भएको हो । प्रतियोगितामा भैरहवा व्याडमिन्टन क्लब द्धितीय र तामनगर व्याडमिन्टन क्लबका खेलाडी विनोद पौडेल र चुरन थापा तथा आयोजक क्लबका खेलाडी हेमन्त गुरुङ र निरबहादुर रानाको टिम तृतीय भएका छन् ।

जीतसंगैं प्रथम, द्धितीय र तृतीय हुंनेले क्रमशः २५ हजार, १७ हजार र ५–५ हजार प्राप्त गरेका छन् । प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको थियो । कार्यक्रम क्लबका अध्यक्ष प्रतबहादुर पुनमगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।