पर्यटनका एक हस्ती: तारानाथ लामिछाने

870

पर्यटनका एक हस्ती: तारानाथ लामिछाने

पर्यटनको विकास र प्रवद्र्धनले मात्र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ भन्ने दुरगामी दृष्टीकोण राख्ने तारानाथ लामिछाने यति खेर ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) को आगामी अधिवेशनमा कार्यसमिति सदस्यमा उमेद्वारी दिएर चुनावी मैदानमा उत्रने भएका छन् । पर्यटन क्षेत्रका आशा सर्जक लामिछाने विगत लामो समय देखी नेपालको पर्यटन प्रवद्र्धनमा क्रियाशिल छन् । लामिछाने कार्यकुशलतामा विश्वास गर्ने व्यक्ति हुन् । उनले अहिले बिभिन्न ठाउबाट  आफ्नो कार्यकुशलता प्रस्तुत गरेकै कारण आगामी निर्वाचनमा बलियो देखिएका हुन्। पर्यटन भिजन र पुर्वाधारमा विशेष ध्यान दिनुपर्छ भन्ने लामिछाने नेपाली पर्यटन उद्योगका एक हस्ती हुन् । नेपालमा पर्यटन प्रवद्र्धनमा उत्प्रेरकका रुपमा चिनिने लामिछानेलाई अहिले समग्र पर्यटन उद्योगले चिन्न थालेको छ ।