
एजेन्सी,२१असोज/यस वर्षको साहित्यतर्फको नाबेल पुरस्कार बेलारुसकी लेखिका स्वेतलाना अलेकस्विचलाई दिइने भएको छ। उनको लेखनले धेरै विषयमा समकालीन विश्वको पीडा र साहसको प्रतिनिधत्व गर्ने बताउँदै नोबेल पुरस्कार समितिले बिहिबार उनलाई पुरस्कार दिने घोषणा गरेको हो।६७ वर्षिया अलेकस्विचले राजनीतिक विषयमा बढी कलम चलाउँछिन्। सन् १९४८मा युक्रेनमा जन्मिएकी उनी पछि बेलारूसमा बसाइँ सरेकी थिइन्। पढाइ सकेपछि उनले पत्रकारिता सुरू गरेकी थिइन्। सन् १९८५ मा उनको पहिलो पुस्तक ‘वार्स अनवुमन्ली फेस’ प्रकाशित भएको थियो। नोबल साहित्य पुरस्कार पाउने उनी १४ अौं महिला हुन्।