लायन्सद्वारा निशुल्क आँखा शिबिर

1.1K

लायन्सद्वारा निशुल्क आँखा शिबिर

logoबुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा लायन्स क्लवले एक दिने निशुल्क आँखा शिबिर सञ्चालन गरेको छ ।
लायन्स क्लव अफ बुटवल, लायनेश क्लव अफ बुटवल र लियो क्लव अफ बुटवलले सैनामैना नगरपालिका वार्ड नं. १ रानीबगियामा निशुल्क आंखा शिबिर सञ्चालन गरेको हो ।
बुटवल लायन्स आँखा अस्पतालको प्राबिधिक सहयोगमा सञ्चालन गरिएको शिबिरमा २ सय ६० जनाले आंखाको परिक्षण गराएको थिए । जसमध्ये २८ जनामा मोतिया बिन्दु देखिएको र उनीहरुलाई लायन्स आँखा अस्पतालले निशुल्क शल्यक्रिया गर्ने बताएको छ । त्यस्तै ६० जनामा दृष्टि दोश देखिएको लायन्स क्लव अफ बुटवलका सचिव लोकप्रसाद खरेलले जानकारी दिनुभयो ।
अभियान कृषि सहकारी, सैनामैना युवा क्लव, सैनामैना पूर्व सैनिक मञ्च लगायतका संघसंस्थाहरुको सहकार्यमा गरिएको निशुल्क शिबिरमा सैनामैना नगरपालिका सहित छिमेकी गाबिसका आँखामा समस्या भएकाहरु शिबिरमा आँखा चेक जाँच गराउन आएका थिए ।
लायन्स क्लव अफ बुटवलका अध्यक्ष कदरबहादुर रायमाझीको अध्यक्षतामा भएको शिबिरको उद्घाटन कार्यक्रममा बोल्दै लायन्स डिष्ट्रिक ३२५ बि २ का डिष्ट्रिक चिफ निर्मलप्रसाद लाकौलले लायन्स क्लवले सामाजिक हितका काम गर्दै आएको र यस्ता कार्यक्रम जनउपयोगि हुने बताउनु भयो ।
कार्यक्रममा अभियान सहकारीका अध्यक्ष तिलक शाही, लियो अध्यक्ष सुरेन्द्र भारी, लायनेशकी उर्मीला कसौधन लगायनले भनाई राख्नु भएको थियो ।