परासी । नवलपरासीका अधिकांश सरकारी स्वास्थ्य संस्थामा औषधिको अभाव कायमै रहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निःशुल्क रुपमा वितरण गर्ने एन्टिबायोटिक, जीवनजल, आइरन चक्कीको अभाव रहेको जिल्ला स्वास्थ्य प्रमुख जयबहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रमुख कार्कीले बन्दका कारण औषधि खरिद प्रक्रिया अगाडि बढ्न नसक्दा दुई महिनादेखि स्वास्थ्य स्वास्थ्य संस्थामा सामान्य औषधि पनि छैनन् भन्नभयो । जिल्लामा एक जिल्ला अस्पताल, पाँच प्राथमिक स्वास्थ्य केन्द्र र ७१ वटा स्वास्थ्य चौकी रहेका छन् ।