नेपाल हाम्रो घर हो, नेपाली सम्पदा जिवित र सदाबहार छ: ङावा ङीमा शेर्पा

631

नेपाल हाम्रो घर हो, नेपाली सम्पदा जिवित र सदाबहार छ: ङावा ङीमा शेर्पा

नेपाली पदयात्रा पर्यटनले हामिलाई अनुपम् आनन्द दिन्छ जुन कुरा हमिले सबैलाई भन्न सक्नु पर्छ।  विश्व बजारमा हमिले हम्रो सुन्दरतम् पहिचान छाड्न सकेनौ त्यसैले यि सबै बिषयवस्तुलाई सस्थागत गर्न म टान जादैछु भन्ने ङावा ङीमा शेर्पा महाभुकम्पले नेपाली पदयात्रा पर्यटनमा खासै असर नगरेको र अझै सम्पदाहरु जिबन्त रहेको बताउछन्।

क्रियटिभ क्षमता भएका शेर्पा  मजदुर र मालिकलाई सँगै लानुपर्ने बताउँदै भन्छन् सचिवालयलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउनु पर्ने आवश्यकताका कारण र उद्धारमा नयाँ निति अबलम्वन गरी समयमा नै उद्धार सेवा उपलब्ध गराउन पनि आफ्नो टान प्रबेश अपरिहार्य भएको बताउछन्  । ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) नेपालको पदयात्रा पर्यटनमा स्थापित संस्था हो । टान पर्यटन व्यवसाय, व्यवसायी र मजदुरहरुको व्यतित्व निर्माण गर्न क्रियाशिल सबै भन्दा शक्तिशाली संस्था भएकै कारण व्यवसायीहरुको खास आकर्षण देखिन्छ । शेर्पा नयाँ गन्तव्यहरु पहिचान गर्ने र ति सुन्दर गन्तव्यहरुलाई अन्तराष्ट्रिय बजारमा बिक्री गरी त्यसलाई पैसामा रुपान्तरण गर्ने दुरगामी भिजन राख्छन् । यि यस्तै कारणले पर्यटन व्यवसायिहरु उनिसँग निकट छन्।