बुटवल १३ मा रहेको साईनो सहकारीको पांचौ साधारण सभा आज सम्पन्न भएको छ । संस्थाको आफ्नै भवनमा भएको साधारण सभा संस्थाका अध्यक्ष रोम वहादुर कुवंरको अध्यक्षतामा सम्पन्न भएको हो । संस्थाका जेष्ठ सदस्य तेज प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीले बचतको वानी विकास गर्नुका साथै अत्याआवश्यक कामको गर्जो टार्ने बताएका थिए ।
कार्यक्रममा छिमेकी सहकारी संस्थाबाट शेर वहादुर बस्नेत, चन्द्रमणी अधिकारी, सहल्लाकार भोज वहादुर केसी, अर्जुन ज्ञवाली, गंगा महत, लगायतले बोल्नु भएको थियो । सो अवसरमा संस्थाका अध्यक्ष कुवंरले अध्यक्षको प्रतिवेदन, सचिव यदुमणी पोख्रेलले सचिवको प्रतिवेदन, अर्जुन कुवंरले लेखा समितिको प्रतिवेद, तथा इश्वरी खनालले कोषाध्यक्षको प्रतिवेदन पेश गर्नु भएको थियो ।
छलफलपछि सबै प्रतिवेदन संशोधन सहित पारित गरिको थियो । संस्थाका सचिव यदुमणी पोख्रेलको संचालन,उपाध्यक्ष लक्ष्मण श्रेष्ठको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा शेयर सदस्यका छोराछोरीहरु मध्येबाट एसएलसीमा उत्कृष्ट समिक्षा कुवंर र विवेक पौडेललाई सम्मान गरिएको थियो ।