उद्योग संघको तथा साधारण सभा

1.3K

उद्योग संघको तथा  साधारण सभा

ric

बुटवल । राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णीम वाग्लेले निर्माणाधिन जलविद्युत आयोजना विना अवरोध अघि बढेमा २ वर्षमा नेपालले विद्युतमा फड्को मार्ने बताएका छन् । अहिले ८ सय मेघावाट विद्युत उत्पादन भइरहेको बताउँदै वाग्लेले आउँदो २ वर्षमा थप १२ सय मेघावाट विद्युत उत्पादन हुने उल्लेख गरे । रुपन्देही उद्योग संघको १९ औं अधिवेसन तथा ३७ सौं साधारण सभाको शनिबार उद्घाटन गर्दै वाग्ले यो परिमाणमा विद्युत उत्पादन भएमा पेट्रोलीयम पदार्थमा भइरहेको परनिर्भरता पनि त्यो वेला घट्ने बताए ।

मुलुकमा २ वटा ठूलो भुकम्पले अर्थतन्त्रलाई प्रभाव पारेको भन्दै उहाँले एउटा भुकम्प प्राकृतीक र अर्को भुकम्प मानवसिर्जत भएको जुन अहिलेको नाकाबन्दी भएको उल्लेख गरे । मुलुकको आर्थिक अवस्था अन्य देशको तुलनामा पछाडी परेपनि भने अगाडि रहेको बताए । वाग्लेले रुपन्देही रुपन्देही कृषि, सेवा क्षेत्र र उत्पादनका हिसाबले पनि अगाडी नै रहेको जानकारी दिए ।

संघका अध्यक्ष बोनीन पियाको अध्यक्षतामा भएको कार्यक्रममा  पुर्व अध्यक्ष डम्बरदेव अर्याल, उपाध्यक्ष दिनेशराज रेग्मी, महासचिव विष्णुबहादुर श्रेष्ठ लगायतले बोलेका थिए । संघको नबौ अधिवेशनले अध्यक्ष लगायतका केही पदाधिकारी र सदस्यलाई सर्वसम्मत गरेको छ भने केही पदाधिकारी बरिष्ठ उपाध्यक्ष, सचिव संस्थागत सदस्यका लागि निर्वाचन भई रहेको निर्वाचन समितिले जनाएको छ ।