उद्योग संघमा नयां कार्य समिति , उपाध्यक्षमा अधिकारी निर्वाचित

1.3K

उद्योग संघमा नयां कार्य समिति , उपाध्यक्षमा  अधिकारी निर्वाचित

ric

बुटवल असोज २४/रुपन्देही उद्योग संघमा दिनेशराज रेग्मीको अध्यक्षतामा नयां कार्य समिति निर्वाचित भएको छ ।

संघको शनिबार सम्पन्न ३७ औसाधारण सभा तथा १९ औ अधिवेशनको प्रकृयाबाट नयां कार्य समिति चयन भएको हो ।

अधिवेशन अघि नै संघको अध्यक्षमा दिेनेशराज रेग्मी, उपाध्यक्ष्ँमा महेश थैव, महासचिवमा माधव पौडेल, कोषाध्यक्ष्ँमा दिलीप सापकोटा र सह कोषाध्यक्ष्ँमा राजेन्द्र कार्की निर्वीरोध हुनुभएको छ ।त्यस्तै अन्य सदस्यतर्फ एसोसिएट सदस्यमा उमाशंकर मालपानी, सेवामुलक सदस्यमा माधव नेपाल, औद्योगिक क्षेत्र सदस्यमा हिरामणी भट्टराई र तिनजना महिला सदस्यमा सरला भण्डारी, सावित्रा टण्डन र मायां खनाल निर्वीरोध भईसक्नु थियो ।निर्विरोध हुन नसकेका पदहरुमा भएको निर्वाचनबाट संघको वरिष्ठ उपाध्यक्षमा गणेश अधिकारी निर्वाचित हुनुभएको छ ।

वरिष्ठ उपाध्यक्षमा अधिकारीले प्रतिष्पर्दी विष्णुकुमार श्रेष्ठलाई हराउंदै वीजयी हुनुभएको निर्वाचन समितिले जानकारी गराएको छ । आज विहान सकिएको मतगणना अनुसार संघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष गणेशप्रसाद अधिकारी निर्वाचित हुनु भएको हो । सचिव पदमा कृष्णप्रसाद पराजुली विजयी हुनुभएको छ ।संस्थागत सदस्यमा बिष्णु पाण्डे विजयी हुनुभएको छ । ७ जनाको खुल्ला सदस्य पदका लागि १६ जना प्रत्यासी निर्वाचनमा प्रतिस्पर्धामा उत्रेकामा गोविन्द प्रसाद गैरे, गिरीराज गैरे (राजु), माधब रेग्मी, जीवकान्त काप्mले (जीवन), उपेन्द्र अग्रवाल, बिष्णु प्रसाद भण्डारी (सोम), ई. नेत्रनारायण भण्डारी विजयी भएको निर्वाचन समितिले बताएको छ ।सबै पदहरुमा निर्विरोध हुन नसकेपछि भएको निर्वाचनबाट संघमा मिश्रीत परिणाम आएको छ ।