सोमबारबाट बुटवलमा दशै सस्तो बजार

767

सोमबारबाट बुटवलमा दशै सस्तो बजार

butwal-chamberबुटवल, असोज । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा पर्सी असोज २६ गतेदेखि बुटवलमा हुने सस्तो दशैं बजारको तयारी तिब्र पारिएको छ । संघ सचिवालयमा नवनिर्मित सभा हल तथा परिसरमा ५ दिनसम्म चल्ने दशैं बजारमा ३० वटा स्टल राखिने छ ।butwal chamber संघले हरेक बर्ष बिजया दशमीको अवसरमा दैनिक उपभोग्य बस्तु, लत्ता कपडा सहितका बिभिन्न बस्तुहरु रहने गरी सस्तो बजार सञ्चालन गर्दै आएको छ ।  यस बर्षको दशैं बजारमा पनि मत्स्य बिकास केन्द्र, साल्ट टेडिगं, दुग्ध बितरण सस्थान सहित बिभिन्न औद्योगिक प्रतिष्ठानका माछा, मासु, ध्यु, तेल, नुन, चिनि सहितका खाद्यान्न लत्ताकपडा तथा नेपाल राष्ट बैकबाट नयाँ नोटको व्यवस्था गरीने संघका कार्यसमिति सदस्य तथा बजार व्यवस्थापन समितिका संयोजक बिमलराज भट्टराईले जानकारी दिनु भयो ।  अहिले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको अवस्थामा बिकेट र चुल्होको बिक्रि बितरणको व्यवस्था गर्न लागेको भट्टराईले बताउनु भयो । बजार सम्पन्न गर्न संघले संघका कार्यसमिति सदस्यभट्टराईको संयोजकत्वमा दशै बजार व्यवस्थापन समिति गठन गरेको छ । समितिमा बसन्त ढकाल, बावुराम बिक, नरिश्वर शर्मा पौडेल, लोकनाथ पाण्डे, बिनोद निरौला,नेत्र पाण्डे र कोशलराज गैरे सदस्य हुनुहुन्छ ।