मुढेभरीमा च्याउ तालिम

613

मुढेभरीमा च्याउ तालिम

बुटवल, ६ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २२ को मुढेभरीमा दुई दिने सीप तथा आयमुलक च्याउ खेति तालिम आज सम्पन्न भएको छ ।

नेपाल मगर संघ तिलोतमा नगरपालिका वडा नं २२, २३ र २४ वडा इकाई समितिको संयुक्त आयोजनामा उक्त तालिम भएको हो । मगर समुदायमा सीप तथा दक्षता हासिल गर्ने उदेश्यले उक्त तालिमको आयोजना गरिएको संघले जनाएको छ । संघका अध्यक्ष पदम रानाको अध्यक्षता, सचिव छबि रानाको सञ्चालनमा भएको तालिममा ४२ जनाको सहभागिता रहेको थियो ।

तालिममा कृर्षि सदस्य समशेरसिंह रानाले सहजिकरण गर्नुभएको थियो । तालिम हिजोबाट शुरु भएको थियो ।