
बुटवल, ११ पुस । संविधान संशोधन प्रस्तावको विरुद्वमा आन्दोलन गदै आएको संयुक्त संघर्ष समिति रुपन्देहीले थप संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
समितिले आज बुटवलमा पत्रकार सम्मेलन गरी पुस २८ गते सम्म संघर्षका कार्यक्रम घोषणा गरेको छ । संघर्षका कार्यक्रममा गोली लागि मृत्यु भएका युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको श्रद्धाञ्जली सभा, हस्ताक्षर अभियान देखि विरोध सभा सम्म रहेका छन् ।
एमाले रुपन्देही अध्यक्ष शिवराज सुवेदीले तिवारी राष्ट्रियता, राष्ट्रिय स्वाभिमानलाई अक्षुण्ण राख्न गरिएको आन्दोलनका क्रममा नेतृत्वदायी भूमिका खेलेका कारण हत्या गरिएको दावी गर्नुभयो ।
—————————————————————————————————————————————–
प्रेस विज्ञप्ती
नेपालको राष्टिय स्वाधिनता र अखण्डतामा गम्भिर असर पर्ने गरी वर्तमान सरकारले मंसिर १४ गते संसद सचिवालयमा दर्ता गरेको प्रदेश नं ५ को बिभाजन, भाषा लगायतका बुँदाहरुको संशोधनले सामाजिक सद्भाव विथल्दै राष्ट्रियता कमजोर बनाउने वर्तमान सत्ता गठबन्धन क्रियाशिल रहेको कुरा स्पष्ट भएको छ । यो सरकारले मंसिर १४ गतेबाट जनस्तरमा उठेको विशाल जनप्रदर्शन सहित राजनीतिक दल र नागरिक समाजको आन्दोलनको मागलाई नजर अन्दाज गरेको छ । राष्ट्रियता, राष्ट्रिय स्वाभिमानलाई अक्षुण्ण राख्न गरिएको आन्दोलनका क्रममा नेतृत्वदायी भूमिका खेलेका सामाजिक, राजनैतिक ब्यक्तित्व नेकपा एमाले रुपन्देहीका होनाहार जुझारु कार्यकर्ता तथा युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष कमरेड दुर्गा तिवारीको यहि २०७३ पौष ४ गते गोली हानी हत्या भएको दुखद घटनाले हामीलाई स्तम्ध बनाएको छ । प्रदेश नम्बर ५ लाई विभाजित गर्ने उद्देश्यले सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्तावका विरुद्ध प्रदेशका न्यायप्रेमी जनताले गरेको तीन दिने आम हडतालको ठिक भोली पल्ट दिन दहाडै भएको यो वर्वर अपराधिक घटनाप्रति संयुक्त संघर्ष समिति, रुपन्देही घोर निन्दा, भत्सर्ना गर्दछौं । क.दुर्गा तिवारीप्रति श्रद्धाञ्जली अपर्ण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछौं । साथै यस क्षेत्रमा देखा परेको कमजोर सुरक्षा स्थितिप्र्रति सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं । कमरेड दुर्गा तिवारीको अपराधिक हत्याको घटनालाई सामान्य रुपमा नलिन सरकारलाई चेतावती दिदै अपराधीलाई अविलम्ब गिरफ्तार गरी कानुनको दायरामा ल्याउन र कडा भन्दा कडा दण्ड सजाय गर्न संयुक्त संघर्ष समिति रुपन्देही सरकारसँग जोडदार माग गर्दछ ।
आगामी आन्दोलनका कार्यक्रमहरु ः
१) २०७३ पौष ११ गते पत्रकार सम्मेलन मार्फत आन्दोलनका कार्यक्रमहरुको घोषणा
२) २०७३ पौष १२ र १३ गते सहीद क.दुर्गा तिवारीको श्रद्धाञ्जली सभाको तयारी जनसहभागिताका लागि जिल्लाभरी अपिलका साथै सपथपत्र गाउँ, टोल, वस्ती स्तरमा वितरण
३) पौष १४ गते देवदह नगरपालिका स्थित स्व.क.दुर्गा तिवारीकै निवासमा ११ औं तिथिमा विशाल श्रद्धाञ्जली सभा गर्ने ।
४) पौष १६ गतेदेखि १८ गतेसम्म हस्ताक्षर संकलन गर्ने (राष्ट्रिय झण्डा सहित) ।
५) पौष १९ र २० गते प्रत्येक गाविस र नगरका वडाहरुमा राष्ट्रिय झण्डा सहित विरोध जुलुश र सभा गर्ने ।
६) पौष २७ गते केन्द्रीय नेताहरुको उपस्थितिमा भैरहवामा विशाल विरोध जुलुश तथा सभा गर्ने ।
(पौष २१ देखि २६ सम्म जिल्ला स्तरीय सभाका लागि प्रचार प्रसार ब्यापक गर्ने)
७) पौष २८ गते संकलित हस्ताक्षर जिलला प्रसासनमार्फत गृह हुँदै नेपाल सरकारका प्रधानमन्त्री समक्ष प्रेसित गर्ने (दलका प्रतिनिधि सहित)
मिति ः २०७३।०९।११
संयुक्त संघर्ष समिति
रुपन्देही