प्रतिमा बस्नेत सहयोगी संस्थाद्वारा सम्मान

410

प्रतिमा बस्नेत सहयोगी संस्थाद्वारा  सम्मान

मिना ढकाल/
बुटवल, ११ पुस । बुटवल–४ प्रतिमा बस्नेत स्मृती सहयोगी संस्थाले समाजका बिभिन्न क्षेत्रमा योगदान पुराए बापत बिभिन्न व्यक्तिहरुलाई कदरपत्रले सम्मान गरेको छ ।

आर्थिक तथा भौतिक सहयोग गरि सामाजिक बिकासमा उल्लेखनिय सहयोग पुराए बापत बुटवल ४ निवासी समाजसेवी लालकुमार अमात्यलाई कदरपत्र र दोसल्लाले सम्मान गरिएको छ । सम्मान प्रदान गर्दै बुटवल नगरपालिकाका तत्कालिन उपप्रमुख बिमलबहादुर शाक्यले बयोबृद्ध समावसेवी अमात्यले सामाजिक बिकासमा पुराएको यागेदानको उच्च प्रशंसा गर्दै आफ्नो धनसम्पत्ती लगानी गरि समाजसेवा गर्ने उहाँको जिवनशैली अनुकरणिय रहेको बताएका थिए ।

सो अवसरमा प्रतिमा बस्नेत स्मृती सहयोगी संस्थालाई रक्तदान लगाएतका कार्यक्रममा सहभागि भै सहयोग पुराए बापत बिभिन्न व्यक्तिलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । सो अवसरमा बोल्दै प्रतिमा बस्नेत स्मृती सहयोगी संस्थाका अध्यक्ष नरेन्द्र बस्नेतले आफ्नो निजी सम्पत्ती लगानी गरेर समाजको बिकासमा सहयोग पुराउने ब्यक्तित्वलाई सम्मान गर्ने परिपाटीको बिकास हुनुपर्ने कुरामा जोड दिएका थिए ।

सम्मानित ब्यक्तित्व अमात्यले बुटवलमा रहेका बिभिन्न सामाजिक, धार्मिक, लगाएतका बिभिन्न संघ संस्थाहरुलाई आर्थिक सहयोग गर्नुका साथै गरिब तथा बिपन्न बर्गका बिद्यार्थीहरुलाई छात्रबृत्ति समेत उपलब्ध गराउदै आएका छन । सो अवसरमा अमात्यले नेपाल रेडक्रस सोसायटि बुटवललाई रु १० हजार रकम सहयोग प्रदान गरेको अध्यक्ष बस्नेतले बताए ।