
बुटवल, ११ पुस । नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा नं ४ को आयोजनामा आज नेपाली कांग्रेस वडा नं ४ का क्षेत्रीय प्रतिनीधी सन्तोष श्रेष्ठकी ममतामयी आमा विष्णुमाया श्रेष्ठको १५ औ पुण्यतिथीको अवसरमा श्रद्धान्जली सभा भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही क्षेत्र न ं ४ का सभापती हरी लम्सालले उहांको मृत्युले नेपाली कांग्रेसलाई अपुरणीय क्षती पुगेको वताउदै कांग्रेसले सधै उहांलाई सम्झीरहने वताउनु भयो ।
श्रद्धान्जली सभामा वुटवल उपमहानगरपालिकाका सभापती खेलराज पाण्डेय, पुर्व नगर सभापती तथा नेपाल सांस्कृतीक संघ रुपन्देहीका अध्यक्ष राधेश्याम राज भण्डारी लगायतले वोल्नु भएको थियो । वडा नं ४ की सभापती धनालामाको अध्यक्षतामा भएको कार्यक्रमा उपसभापती विष्णु प्रधान को स्वगत तथा सचीव महेश पोखरेलको सन्चालनमा भएको थियो ।