दसैंअघि निजी सवारीले तेल नपाउने

688

दसैंअघि  निजी सवारीले  तेल नपाउने

p

, काठमाडौं २७ असोज । निजी सवारी लिएर तेल पाइने आशामा अझै लाइनमा बस्नु भएको हो भने घर फर्किनु भए हुन्छ । नेपाल आयल निगमले अब दसैंअघि निजी सवारीलाई तेल दिन नसकिने बताएको छ ।

कतिपय पम्पमा  बुधबार पनि तेल पाईने आशामा धेरै निजी सवारी लामबद्ध देखिएका छन् । तर, आयल निगमले अब दशैं अघिसम्म निजी सवारीलाई तेल दिन नसकिने बताएको छ ।

निगमका प्रवक्ता दीपक बरालले तल पाइने आशामा पम्पमा लाइन नबस्न आग्रह गरे । ‘हिजो जति वितरण भयो, त्यति नै हाम्रो क्षमता हो ।
अब अरु निजी सवारीलाई तत्काल तेल दिन सक्ने अवस्था छैन’ बरालले भनेमंगलबार निगम ६ लाख लिटर पेट्रोल र झण्डै २ लाख लिटर डिजेल निजी सवारीका लागि पठाएको थियो ।

तर, झण्डै २० लाख लिटर बाँड्दा पनि नपुग्ने गरी निजी सवारी लाइनमा देखिएको निगमले जनाएको छ । लाइन बसेका झण्डै एक तिहाइ सवारीलाई तेल दिन नसकिएको निगमले जानकारी दिएको छ ।

आयल निगमले अब सार्वजनिक र अत्यावश्यक सेवाको सवारीलाई मात्र तेल दिने सकिने बताएको छ ।