
बुटवल, ११ पुस । पतंजली योग समिति बुटवलले सञ्चालन गरेको निःशुल्क पाँच दिने योग शिविर सकिएको छ । आईडियल बोर्डिङ् स्कुलको सहकार्यमा गत ६ गतेदेखि सञ्चालन भएको उक्त योग शिबिरमा पतंजली दर्शन भित्र रहेर बिद्यार्थी साधकलाई अष्टाङ्ग योगका अंगहरुको बारेमा सरलिकृत गर्नुकासाथै प्रवचन एवं विवेचना गरिएको थियो ।
महर्षि पतंजली प्रणित अष्टाङ्ग योगमा केन्द्रीकृत रहेर योग गुरुहरुले आहार–बिहार, सदाचार, दैनिक नित्यकर्म, आसन, प्रणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि लगायतका बारेमा समेत जानकारी गराएका थिए । सोमबार बुटवलमा गरिएको समापन कार्यक्रममा बोल्ने वक्ताहरुले बिद्यार्थीलाई योगान्मुख हुन सुझाव दिएका थिए ।
कार्यक्रममा पतंजली योग बुटवल नगर समितिका अध्यक्ष तथा मुख्य योग प्रशिक्षक मनोहर पौडेलले स्वास्थ्य जीवनसंगै सत्कर्म र सदाचारकाागि कुना काप्चा सम्म योगको पहुँच आवश्यक रहेकाले नगर समितिले प्रशिक्षण सुरु गरेको बताउनु भयो ।
समापन कार्यक्रममा आईडियल बोर्डिङ्का अध्यक्ष अजित खनाल, योग गरुहरु कृष्ण मुरारी खनाल, बिरेन्द्र जिसीलगायतले योगको बारेमा प्रकाश पार्नुभएको थियो ।