
बुटवल, ११ पुस । पश्चिम नेपाल बस व्यवसायी समिति बुटवलले संघका पूर्व अध्यक्ष्ँ गणेशमान सैंजुको निधनप्रति शोक प्रस्ताव पारित गर्दै ब्यवसायीहरुलाई कार्यँलयमा श्रद्धाञ्जली ब्यक्त गर्न मिल्ने गरी शोक पुस्तीका राखेको छ ।
संघमा आज आयोजित कार्यक्रममा संघका पुर्व अध्यक्षहरु तुल्सीराम बन्जाडे, कृष्ण न्यौपाने, चोपनारायण श्रेष्ठ, सुरेन्द्मान श्रेष्ठ, अध्यक्ष दधिराम खरेल लगायतका पदाधिकारी तथा सदस्य र यातायात ब्यवसायीहरुले स्वंर्गीय सैजुको तस्विरमा पुष्पगुच्छा चढाई श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।
संघमा रही लामो समयसम्म संस्थाको संस्थागत बिकासमा महत्वपुर्ण बिकासमा योगदान पु¥याउनु भएको हुदा संघले उच्च सम्मान गर्ने अध्यक्ष्ँ दधिराम खरेलले बताउनुभयो ।
यातायात व्यवसायीको राष्ट्रिय महासंघ बनाउन उहँंले खेल्नुभएको भुमिका अबिस्मरणिय रहेको समेत खरेलले बताउनुभयो । संैजुको आईतवार बिहान ४ बजे लुम्बिनी अञ्चल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । सैंजु तीन पटक सम्म संघको अध्यक्ष्ँ हुन भएको थियो ।