छ करोडको लगानीमा बुटवलमा होटल एसियन

1K

छ करोडको लगानीमा बुटवलमा होटल एसियन

aaaaaaaaaaaबुटवल,असोज । होटल एशीएन प्रा.लिले बुटवलको कालिकानगरमा अत्याधुनिक सेवा सुविधा सहितको होटल शुभारम्भ गरेको छ । आन्तरिक तथा वाह्य पर्यटकलाई सेवासुविधा दिने उद्वेश्यले नयां ढंगले शुभारम्भ गरिएको उक्त होटलको एक कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले उद्घाटन गर्नुभएको हो ।

सो होटलको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी ढकालले यस क्षेत्रमा पर्यटकीय क्षेत्रको सम्भावना रहेकाले यसको विकासमा सरोकारवालाले राम्रोसंग ध्यान दिनुपर्ने बताउनुभयो ।होटल व्यवासायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपाल,महासचिव हिराध्वज शाहा, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष मोदनाथ वेलवासे, राप्रपा नेपाल गुल्मीका अध्यक्ष भरतबहादुर चन्द, पश्चिम नेपाल वस व्यवसायी संघका अध्यक्ष दधिराम खेरल, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष लोकराज पोखरेल, रुपन्देही व्यापार संघका अध्यक्ष श्रकृष्ण पोखरेल लगायतले बोल्दै आन्तरिक र बाह्य पर्यटकका लागि बुटवललाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो । होटल एशीएन प्रा.लिका सञ्चालक कुलचन्द्र पाण्डेको अध्यक्षतमा भएको कार्यक्रममा हास्यव्यङ्गय कलाकार विष्णु पाण्डे, लोकदोहोरी गायिका अनुराधा घर्ती, प्रचण्ड जिसी, वैकुण्ठ महत लगायत कलाकारहरुले गीत र नृत्य प्रश्तुत गरेका थिए । बुटवलका पर्यटन व्यवसायीहरुको ६ करोडको लगानीमा सञ्चालन गरिएको होटलमा ५० जनाले रोजगार पाएका सञ्चालक कुलचन्द्र पाण्डेले जानकारी दिनुभयो ।