ट्रकमा गौतमको प्यानल विजयी

301

ट्रकमा गौतमको प्यानल विजयी

बुटवल, १५ पुस । पश्चिमाञ्चल यातायात व्यबसायी समितिमा बिहीबार राती सम्पन्न अधिवेशनबाट टिकाराम गौतमको प्यानल भारी मतका साथ विजयी भएको छ ।

अधिवेशनबाट टिकाराम गौतमले ६ सय ३ मत प्राप्त गरि विजय हुनु भएको हो भने उहाँका प्रतिस्पर्धी गणेशप्रसाद पन्थले २ सय ७२ मत प्राप्त गर्नुभएको थियो । एक हजार ६६ मतदाता रहेको समितिको निर्वाचनमा ९ सय १ मत खसेको थियो ।

गौतम मौजुदा समितिका महासचिव हुनुहुन्थ्यो भने पन्थ मौजुदा समितिका निवर्तमान अध्यक्ष हुनुहुन्थ्यो । गौतम र पन्थले छुट्टा छुट्टै प्यानल बनाएर चुनावमा भिड्नु भएको थियो । जसमा गौतमको प्यानल नै विजयी भएको छ ।

त्यस्तै समितिको वरिष्ठ उपाध्यक्षमा यमप्रसाद पाण्डेले ६ सय ६७ मत प्राप्त गरि विजयी हुनु भएको छ । निर्वाचन समितिका अनुसार लोकल सेक्टर उपाध्यक्षमा खगराज गौतमले ६ सय ३७ मत, रुपन्देही सेक्टर उपाध्यक्षमा अर्जुनकुमार भुसालले ५ सय ५३ मत, नवलपरासी सेक्टर उपाध्यक्षमा खिमबहादुर थापा (नारायण)ले ५ सय ४ मत, गुल्मी सेक्टर उपाध्यक्षमा टिकाराम कुंवर (लाहुरे)ले ५ सय २३ मत र अर्घाखांची सेक्टर उपाध्यक्षमा गोपालप्रसाद न्यौपानेले ५ सय ५० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

महासचिव पदमा गौतम प्यानलकै हरिप्रसाद कंडेलले ६ सय ४२ मत प्राप्त गरि निर्वाचित हुनु भएको छ । त्यस्तै सचिव प्रकाश जी.सीले ४ सय ७३ र कोषाध्यक्षमा सिद्वार्थ उदयले ४ सय ८४ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन अधिकृत महेन्द्र पाण्डेले जानकारी गराउनु भयो ।
समितिको सदस्यहरुमा हरिप्रसाद रिमाल, गणेश घिमिरे, बसन्त खड्का, कृष्ण ठकुरी, पर्शुराम भण्डारी (रामु), धिरज के.सी, देवेन्द्र वानिया र रमेशकुमार फौजदार निर्वाचित हुनुभएको छ ।