बुटवल,असोज । बुटवल ११ मिलनचोकमा सञ्चालित सजिलो बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारण सभा तथा चौंथो अधिवेशनबाट पूनः अमरबहादुर खड्काको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा रामराज पोख्रेल, सचिवमा बिश्वबन्धु बिनयी, कोषाध्यक्षमा अनिलराज शाक्य, सहकोषाध्यक्षमा भिमलाल गौतम र सहसचिवमा गुणानिधि खनाललाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा पूर्णमणी तुलाधर, लक्ष्मण कुवँर, चेतनारायण भण्डारी, शरीता अर्याल र तारा केसीलाई चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै लेखा समिति संयोजकमा यमबहादुर अर्याल, चन्चलकुमार कार्की, रामप्रसाद न्यौपानेलाई चयन गरिएको छ ।
साधारण सभाको उद्घाटनमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको मुल्य र मान्यताबाट आफूहरु अंगाडी बढ्ने बताउँदै सोही अनुसारका नीति तथा कार्यक्रम बनाईएको बताउनु भयो ।
कार्यक्रममा डिभिजन सहकारी कार्यालय रुपन्देहीका गुणाखर खनाल, उपाध्यक्ष रामराज पोखरेल, सचिव विश्वबन्धु बिनयी, सल्लाहकार योगेन्द्रमणी तुलाधर, शेयर सदस्य गोमादेवी ढुङ्गाना लगायतले भनाई राख्नु भएको थियो ।
सोही अवसरमा सहकारी सदस्यका छोरा छोरीबाट एसएलसी परिक्षामा उत्कृष्ट अंक ल्याउनेलाई नगद सहित सम्मान गरिएको छ ।