मुर्तिकारको पेशा फस्टाउँदै

1.4K

मुर्तिकारको पेशा फस्टाउँदै
बुटवलको कालिकानगरमा आफ्नो कला कौशल प्रर्दशन गर्दै एक मुर्तिकार । तस्विर लुम्बिनीअनलाइृन
बुटवलको कालिकानगरमा आफ्नो कला कौशल प्रर्दशन गर्दै एक मुर्तिकार । तस्विर लुम्बिनीअनलाइृन

कपिलवस्तु, असोज । नवदुर्गा भवानीको पुजाका लागि यतिबेला कपिलवस्तुका विभिन्न मुर्तिकारहरु माटोको दुर्गा भवानीका मुर्ति वनाउन व्यस्त छन् । दशैको सप्तमी देखि एकादशी सम्म पुजा आजाका लागि निकालिने दुर्गा भवानीका मुर्तिहरु बनाएर यहांका कलाकारहरु ५ हजार देखि ५० हजार रुपैयामा सम्मका मुर्तिहरु बनाउंछन् ।

मौसमी पेशा भए पनि यसै पेशाबाट यस क्षेत्रका करीव ३ दर्जन कलाकारहरुले आफ्नो जिविकोपार्जन गर्दै आएका छन् । विगत केही वर्ष यता यस्ता मुर्तिहरु जिल्लामै वन्न थाले पछि भारतबाट आउने मुर्तिलाई प्रस्थिापन गर्दै यो पेशाले जिविकोपार्जनलाई समेत सघाउ पु¥याएको कपिलवस्तु नगरपालिका चौक बजारका मुर्तिकार कृष्णदयाल ठाकुरले बताउनु भयो । वर्षको एक पटक भए पनि करीब ५० हजार देखि १ लाख रुपैयासम्म यसै पेशाबाट आम्दानी हुने उहाँको भनाई छ ।

जिल्ला सदरमुकाम तौलिहवा, कृष्णनगर, बहादुरगंज लगायतका स्थानहरुमा करीब १ दर्जन बढी मुर्तिकारहरु यति बेला दुर्गा भवानीका मुर्तिहरु बनाउन व्यस्त देखिन्छन् । २ साता अघिबाट यिनीहरु मुर्ती बनाउन कस्सिएर लागेका छन् । मुर्तिकारहरुले पहिले परालको मुर्ती बनाएर त्यस माथी मलिलो माटो लगाएर फिनसिङ्ग गरि रंग लगाउने काम गर्दछन् ।