बिभिन्न सहकारीको साधारण सभा सम्पन्न

839

बिभिन्न सहकारीको साधारण सभा सम्पन्न

आगनले सदस्य बृद्धि गर्ने
photo sahakariबुटवल, असोज । आँगन बचत तथा ऋण सहकारी संस्था बुटवलले सदस्यता अभिबृद्धि प्रस्ताव सर्बसम्म रुपमा पारित गरेको छ ।
संस्थाको आठौं साधारण सभामा अध्यक्ष यमप्रसाद तिवारीले गर्नुभएको सदस्य अभिबृद्धि गरि २०१ पु¥उयाउने प्रस्ताव सर्बसहमतीले पारित भएको सचिव राजेन्द्र घिमिरेले जानकारी दिनुभयो । २५ सदस्यबाट शुरु भएको सो सहकारीमा हाल १५९ जना शेयर सदस्य छन । मंगलबार बुटवलमा भएको साधारण सभाले आगामी साधारण सभासम्ममा सो संख्या पु¥याउने लक्ष्य लिएको छ भने सदस्य बृद्धि कार्यक्रमलाई निरन्तरता दिने पनि निर्णय गरेको छ ।
त्यस्तै संस्थाले लिएका नीति तथा कार्यक्रम मध्ये पुरा हुन बाँकी कार्यक्रमलाई निरन्तरता दिन पनि साधारण सभाले कार्यसमितिलाई अख्तियारी प्रदान गरेको छ । साधारण सभामा कोषाध्यक्ष ध्रुवराज अर्यालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पनि पारित भएको छ ।
साधारण सभामा शेयर सदस्यका छोरा छोरी मध्ये एसएलसी परिक्षामा उत्कृष्ट अंक ल्याउने बिष्णुप्रसाद घिमिरेका छोरा दिवस घिमिरेलाई प्रशंसा पत्र नगद पुरस्कारले पुरस्कृत गरिएको थियो । त्यस्तै दुई जना असल शेयर सदस्यलाई पनि सम्मान गरिएको थियो ।
साधारण सभामा संस्थाका सल्लाहकार गणेशचन्द्र पोखरेल, उपाध्यक्ष सुरेन्द्र अधिकारी, कर्जा समितिका गोपालप्रसाद चापागाई, शेयर सदस्य पुष्प पन्त लगायतले धारणा राख्नुभएको थियो ।
सजिलोमा पूनः खड्का
बुटवल ११ मिलनचोकमा सञ्चालित सजिलो बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारण सभा तथा चौंथो अधिवेशनबाट पूनः अमरबहादुर खड्काको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा रामराज पोख्रेल, सचिवमा बिश्वबन्धु बिनयी, कोषाध्यक्षमा अनिलराज शाक्य, सहकोषाध्यक्षमा भिमलाल गौतम र सहसचिवमा गुणानिधि खनाललाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा पूर्णमणी तुलाधर, लक्ष्मण कुवँर, चेतनारायण भण्डारी, शरीता अर्याल र तारा केसीलाई चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै लेखा समिति संयोजकमा यमबहादुर अर्याल, चन्चलकुमार कार्की, रामप्रसाद न्यौपानेलाई चयन गरिएको छ ।
साधारण सभाको उद्घाटनमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको मुल्य र मान्यताबाट आफूहरु अंगाडी बढ्ने बताउँदै सोही अनुसारका नीति तथा कार्यक्रम बनाईएको बताउनु भयो ।
कार्यक्रममा डिभिजन सहकारी कार्यालय रुपन्देहीका गुणाखर खनाल, उपाध्यक्ष रामराज पोखरेल, सचिव विश्वबन्धु बिनयी, सल्लाहकार योगेन्द्रमणी तुलाधर, शेयर सदस्य गोमादेवी ढुङ्गाना लगायतले भनाई राख्नु भएको थियो ।
सोही अवसरमा सहकारी सदस्यका छोरा छोरीबाट एसएलसी परिक्षामा उत्कृष्ट अंक ल्याउनेलाई नगद सहित सम्मान गरिएको छ ।
धौलागिरि सहकारी
धौलागिरी बहुउद्वेश्यीय सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा भएको छ ।
रुपन्देहीको सहकारी क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको सो सहकारीको मंगलबार सम्पन्न साधारण सभामा बोल्दै डिभिजन सहकारी कार्यालय रुपन्देहीका प्रमुख नेत्रप्रसाद घिमिरेले सहकारिका सातवटा सिद्दान्तलाई आत्मसाथ गरी सहकारी सञ्चालन गर्न आग्रह गर्नुभयो । सहकारी सुरक्षित व्यवसाय भएकाले प्रजातान्त्रिक ढंगले चलाउनु पर्ने बताउंदै उहांले सहकारीले धनी र गरिवबीचको दुरीलाई घटाउने पनि बिश्वास व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष हरिप्रसाद पन्थले सहकारीका माध्यामबाट गरिवी र पछौटेपनको अन्त्य गर्ने आफूहरुको अभियान रहेको बताउँदै सहकारीमा आवद्ध हुन सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सहकारीका निःवर्तमान अध्यक्ष रामकृष्ण खांण, सल्लाहाकार टंक पराजुली, ऋण समितिका संयोजक नारायण अधिकारी, बुटवल उद्योग वाणिज्य संघका महासचिव हरिप्रसाद अर्याल, प्राध्यापक मदन कट्टेल, सशक्त वचत सहकारीका अध्यक्ष कृष्णकुमार चौहान क्षेत्री, शेयर सदस्य मिना घिमिरे, राजेन्द्र गुप्ता, हरिबहादुर आचार्य क्षेत्री, युवराज गिरी, पत्रकार हरि लम्साल लगायतले बोल्नुभएको थियो ।
सहकारीका अध्यक्ष हरिप्रसाद पन्थको अध्यक्षता, उपाध्यक्ष खिमानन्द भट्टराईको स्वागत र सचिव गोविन्द खनालको सञ्चालनमा सम्पन्न साधारण सभामा लेखा समितिका संयोजक ऋषि भट्टराईले प्रगति प्रतिवेदन प्रश्तुत गर्नुभएको थियो ।
त्यस्तै २०७१ को एसएलसी परिक्षा र अन्य शैक्षिक क्षेत्रमा उत्कृष्ट भएका १८ जना छात्रछात्रालाई सम्मान गरिएको थियो भने दुई जनालाई प्रमाण पत्रसहित नगदले सम्मान गरिएको थियो । ५ सय ८८ जना सदस्य रहेको धौलागिरी बहुउद्वेश्य सहकारीको शेयर पूंजी १ करोड २४ लाख ८ हजार रहेको संस्थाले जनाएको छ ।