मुटु अस्पताललाई रोटरी फाउण्डेसनको एक करोड सहयोग

मुटु अस्पताललाई रोटरी फाउण्डेसनको एक करोड सहयोग

बुटवल, असोज । बुटवलमा सञ्चालित मुटु अस्पतालमा आवश्यक ईक्युपमेन्ट खरिदकालागि रोटरी फाउण्डेसन ग्लोवल ग्राण्डबाट १ करोड रुपैंया आउने भएको छ ।
रोटरी क्लव अफ बुटवल डाउनटाउनको पहलमा मुटु अस्पतालमा आवश्यक सामान्य चिकित्सा सम्बन्धि उपकरण खरिदकालागि एक करोड रुपैंया स्वीकृत भईसकेको क्लवका अध्यक्ष बिमलराज भट्टराईले जानकारी दिनुभयो । logo
३ करोड रुपैंया लगानी भएको सो मुटु अस्पतालमा स्थापना गर्न लागिएको आईसीयु र सिसियु कक्षमा अत्यावश्यक पर्ने सो उपकरण गरिदकालागि अस्पताललाई आवश्यक एक करोड रुपैयाँ प्राप्त भएको हो ।
गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाले सञ्चालन गरेको गौत्मबुद्ध सामुदायिक मुटु अस्पताल सञ्चालनकालागि रोटरी क्लव अफ बुटवल डाउनटाउनले संस्थागत रुपमा ७२ लाख र रोटरी क्लव अफ बुटवल साउथले संस्थागत रुपमा ५१ लख रुपैंया सहयोग गरि सहकार्य गर्दै आएका छन ।
अस्पतालमा आवश्यक पर्ने बेड, मोनिटर भेन्टीलेटर, ईको, ल्यावका उपकरण लगायतका अत्यावश्यकीय उपकरण खरिदकालागि करिव ३ करोड रुपैंया लाग्ने तथा अस्पताल साथै बिभिन्न संघसंस्थाको सहकार्यमा करिव २ करोड संकलन भएको र बाँकी १ करोड रुपैंया फाउण्डेसनबाट प्राप्त भएपनि अस्पतालमा आवश्यक उपकरण खरिदमा सहयोग हुने अस्पतालका अध्यक्ष एजाज आलमले बताउनु भयो ।
२०७० सालदेखि बुटवल १२ रामनगरमा सञ्चालन गरिएको सो अस्पतालमा हाल ३ जना मुटु रोग विशेषज्ञ, एक जना दम तथा छाती रोग बिशेषज्ञबाट सेवा सञ्चालन गर्दै आएको छ । त्यस्तै केही सयमदखि मृगौला उपचार केन्द्रको स्थापना गरि मृगौलाको उपचार तथा डायलाईसीस समेत गर्दै आएको अस्पतालले जनाएको छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •