पारवहन लगायतका समस्या समाधान गर्न महासङ्घको आग्रह

पारवहन लगायतका समस्या समाधान गर्न महासङ्घको आग्रह

logoकाठमाडौँ, २९ असोज । उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापासमक्ष मुलुकमा देखिएको पारवहनलगायतका समस्या समाधान गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आग्रह गरेको छ ।

महासङ्घले आज सिंहदरबारमा मन्त्री थापाको कार्यकक्षमा एक ज्ञापनपत्र बुझाउँदै हिन्दूको महत्वपूर्ण चाडपर्व दशैँ, तिहारको समयमा सहजरुपमा सवारीसाधन चलाउने व्यवस्था मिलाइदिन आग्रह गरेको हो ।

भारतले अघोषित नाकाबन्दी जारी राखेकाले पेट्रोलियम पदार्थको सहज आपूर्ति हुन नसकेको भन्दै शनिबारदेखि हुन लागेको भारत भ्रमणको क्रममा आपूर्तिलगायतका समस्या समाधान गर्न महासङ्घले आग्रह गरेको हो ।

महासङ्घका महासचिव सरोज सिटौलाले आपूmहरुले पेट्रोलियम पदार्थको सहज आपूर्ति भए चाडबाडको समयमा सवारीसाधन थप गरेर भए पनि सेवा दिन आपूmहरु तयार रहेको परराष्ट्र मन्त्री थापालाई जानकारी गराएको बताउनुभयो ।

इन्धन आपूर्ति सहज बनाउने विषयमा भारत भ्रमणको क्रममा स्पष्ट कुरा गर्न र मुलुकमा परेको समस्या समाधान गर्न आफूहरुले आग्रह गरेको सिटौलाको भनाइ छ ।

महासङ्घले गराएको ध्यानाकर्षणको जवाफमा परराष्ट्र मन्त्री थापाले भारत भ्रमणको क्रममा पारवहन सुविधा, इन्धन आपूर्तिमा देखिएको समस्यालगायतका विषयमा आफूले प्रष्ट धारणा राख्ने र समस्या समाधानको प्रयत्न गर्ने विश्वास दिलाउनुभएको थियो ।

नयाँ सरकार गठनलगत्तै पारवहन सुविधा र इन्धन आपूर्तिमा देखिएको समस्या समाधान गर्न परराष्ट्र मन्त्रीको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरिएको छ ।

सो समितिले कूटनीतिक पहल गरेर नेपालले भोग्नुपरेको समस्या समाधान गर्न विशेष भूमिका खेल्ने विश्वास लिइएको छ । रासस

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •