दशैका लागि अष्ट्रिजको प्याकेज तयार

1.3K

दशैका लागि अष्ट्रिजको प्याकेज तयार

astigबुटवल,असोज । नेपालकै पहिला अष्ट्रिज चरा पालन तथा उत्पादन केन्द्र रुपन्देहीको अष्ट्रिज नेपाल प्रालीले दशैंलाई लक्षित गरि अष्ट्रिज तथा ईमु चराको मासुको मूल्यमा बिशेष सहुलियत दिने घोषणा गरेको छ । भारतको अघोषित नाकाबन्दी दशैं नजिकै आउदा समेत खुल्ने संकते नदेखिएको र भारतबाट मासुको लागी आयात हुने खसी बोका प्रयाप्त मात्रमा आउन नसकेको कारण खसीकै मासुको मूल्यको हाराहारीमा अष्ट्रिज तथा ईमुको मासु उपलब्ध गराउने अष्ट्रिज नेपाल प्रालीले जनाएको छ ।

रुपन्देहीको गंगोलियामा रहेको प्रालीमा रहेका करिब २ हजार भन्दा बढी गोटा ईमु तथा ४ भन्दा बढी बढी अष्ट्रिज बाहिर पठाउन तयार रहेको अष्ट्रिज नेपाल प्रालीका कार्यकारी निर्देशक सिपी शर्माले बताए । यो संख्या भनेको ३६ हजार गोटा खसी तथा बोकाको संख्या बराबर रहेको शर्माको दावी छ । नेपाली सर्वसाधारणले महङ्गो मानेको अष्ट्रिजको मासु दशैंको उत्सव मनाउन सहुलियतमा दिएको शर्माको भनाई छ । अन्य मासुको तुलनामा यसमा बढी पोषक तत्व रहेको छ । अष्ट्रिजको मासुमा ओमेगा ३, ओमेगा ६ र ओमेगा ९ रहेकोले यो मुटु रोगीलाई सबै भन्दा बढी सिफारीस गरिएको मासु रहेको प्रवन्ध निर्देशक शर्माले बताए । यदपी यो मासु सबै प्रकारका रोगीहरुलाई उपयुक्त रहेको सबै भन्दा बढी स्वास्थ्य कर मासु रहेको उनको दावी छ । अष्ट्रिज तथा ईमुको मासु नेपालका बिभिन्न सुपर मार्केटका साथै हाईजिन युक्त मासु पसलबाट बितरण गर्ने योजना रहेको शर्माले बताए । उनले ग्राहकले रमाईलो गर्ने उद्देश्यले जिउदै ईमुको माग गरे त्यो पनि उपलब्ध गराउन सक्ने बताए । जिउदो इमोको मूल्य प्रतिकेजी ६ सय रुपैया रहेको छ । ईमुको तयारी मासु ८ सय रुपैयामा बिक्रि गरिने निर्देशक शर्माले जानकारी दिए । यस अघि ईमु १६ सय देखी १७ सय रुपैया प्रतिकेजीमा बिक्रि हुदै आएको थियो । यसै गरि अष्ट्रिजको मासु २ हजारमा बिक्रि हुदै आएकोमा अहिले हड्डी सहितको अष्ट्रिजको मासु ११ सय रुपैया, हड्डी नभएको १७ सय रुपैया तथा बिशेष मासु २५ सय रुपैया प्रतिकेजीका खरले बिक्रि गरिने शर्माको भनाई छ । यो मूल्यमा पनि भैरहवा, बुटवल, नारायणगढ लगायतका नजिकका बजारमा २ रुपैया प्रतिकेजी छुटको ब्यावस्था रहेको शर्माले जानकारी दिए ।