बुटवल /बुटवलमा केन्द्रीय कार्यालय रहेको नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको छैठौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारणभाको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निमित्त मुख्य व्यवस्थापक शरण अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुको संख्या घटाउन, दीगोपना र सबलिकरणका लागि राष्ट्र बैंकले पुंजी बृद्धि र मर्जरलाई प्राथमिकता दिएको बताए । साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष पशुपति घिमिरेले चालु आर्थिक वर्ष भित्र चुक्ता पुंजी २० करोड ९५ लाख कायम रहने र आर्थिक वर्ष २०७३। ०७४ को अन्तसम्ममा बोनस शेयर वितरण र हकप्रद शेयर निश्कासनमार्फत चुक्ता पुंजी ५० करोड र अधिकृत पुंजी ३० करोडबाट ७० करोड पु¥याउने लक्ष्य सहितको पुंजी बृद्धि योजना राष्ट्र बैंक समक्ष पेश गरिएको जानकारी गराए । उनले बैंकका संस्थापक शेयरधनीहरु ३ सय ८६ जना रहेकाले मर्जरमा जानु भन्दा आफै पुंजी बृद्धि गरेर अघि बढ्न आफूहरुलाई सहज हुने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत राजनप्रसाद खनालले अधिकृत पुंजी ३० करोड तथा जारी पुंजी २० करोड रहेको बैंकले आर्थिक वर्ष २०७१।७२ मा ९१ करोड ८० लाख ८९ हजार ८ सय ८९ रुपैयां निक्षेप संकलन र ७३ करोड ७० लाख २२ हजार ८ सय २४ रुपैयां कर्जा लगानी गरी २ करोड १४ लाख ४९ हजार ६ सय ७२ रुपैयां संचालन मुनाफा आर्जन गरेको जानकारी दिए । साधारणसभामा बैंकका कम्पनी सचिव भक्तबहादुर खड्काले अघिल्ला आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकले संचालन मुनाफामा ८६.६२ प्रतिशत सहित अन्य मुख्य वित्तीय सुचकांकहरुमा उल्लेख्य प्रगति गरेको जानकारी गराए । साधारणसभामा कम्पनी रजिष्ट्रार कार्यालयका प्रतिनिधि नारायणप्रसाद भण्डारी, नेपाली कांग्रेस रुपन्देहीकी उपसभापति मनोरमा शेरचन,राममणि क्याम्पसका अध्यक्ष रोमणीप्रसाद पाठक,शेयरधनीका तर्फबाट कुलप्रसाद लामिछाने,संगीता अर्याल लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा बैंकले २०७१ सालको प्रवेशिका परीक्षामा सामुदायिक विद्यालयतर्फ ९३.८८ प्रतिशत अंक ल्याई नेपाल प्रथम हुन सफल बैंकका संस्थापक शेयरधनी माधव अर्यालकी छोरी भावना अर्याललाई नगद १० हजार र प्रसंसापत्रले सम्मान गरेको छ । उक्त साधारण सभाले आ. व. २०७०÷०७१ को मुनाफावाट ९.५ प्रतिशत वोनस शेयर र ०.५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।