बुटवल/काठमाडौंमा प्रधान कार्यालय रहेको एनएमबी बैंक र बुटवलमा प्रधान कार्यालय रहेको भृकुटी डेभलपमेन्ट बैंक सहित पा“चओटा बैंक तथा वित्तीय संस्थाले आइतबारबाट एकीकृत कारोबार सुरु गर्दैछन् । केन्द्रीय बैंकको अन्तिम स्वीकृतस“गै मर्जर प्रक्रिया पूरा गरेर पा“च वटा बैंक तथा वित्तीय संस्थाले एकीकृत कारोबार सुरु गरेका हुन् । एकीकृत कारोबार सुरु गरेस“गै एनएमबी बैंकमा भृकुटीसहित अरू चारओटा बैंक तथा वित्तीय संस्था गाभिएका हुन् । चार वटा बैंक तथा वित्तीय संस्था गाभिएपछि एनएमबी बैंकको चुक्ता पू“जी ४ अर्ब १५ करोड रुपैंया“ पुगेको छ । यस्तै बैंकको कुल पू“जी तथा जगेडा कोषको आकार ६ अर्ब २० करोडको रुपैया“ भएको छ । कुल निक्षेप ५४ अर्ब र कर्जा ४१ अर्ब रुपैंया पुगेको छ । बैंकका कुल ६८ शाखा ३८ एटीएम र ८ एक्सटेन्शन काउण्टर पुगेका छन् ।एनएमबी बैंकमा भृकुटी विकास बैंकस“गै, पाथीभरा विकास बैंक, क्लिनइनर्जी डेभलपमेण्ट बैंक र प्रुडेन्सियल फाइनान्स गाभिएका हुन् । भृकुटी एनएमबी बैंकको नाममा सञ्चालनमा आए पनि साविकका शाखाहरु कुनै पनि कटौती नहुने भृकुटीका प्रमुख कार्यकारी अधिकृत लोकनाथ भुसालले बताउनु भयो । रुपन्देहीमा भृकुटीका आठ वटा र एनएमबी बैंकको शाखा एउटा छ ।