एण्टी स्नेक भेनम र एण्टी रेविज भ्याक्सिन अभाव

551

एण्टी स्नेक भेनम र एण्टी रेविज भ्याक्सिन अभाव

12019845_455066491347118_3141406848687817997_nबुटवल/  लुम्बिनी अञ्चल अस्पताल बुटवलमा सर्पले टोक्दा दिईने औषधी (एण्टी स्नेक भेनम सेनम) र बौलाहा कुकुरले टोक्दा दिईने एण्टी रेविज भ्याक्सिन सकिएको छ ।
अस्पतालका अनुसार सर्पले डस्दा दिईने औषधी एण्टी स्नेक भेनम सेनम शुक्रबारदेखि सकिएको हो भने बौलाहा कुुकुरले टोक्दा दिईने एण्टी रेबिज भ्याक्सिन सकिएको झण्डै दुई सप्ता भईसकेको छ । स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आवश्यक औषधी नपठाउँदा अस्तालमा भर्ना भएका बिरामीलाई उपचारमा समस्या भएको लुम्बिनी अञ्चल अस्पताल बुटवलका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले बताउनु भयो ।
रुपन्देहीमा लुम्बिनी अञ्चल अस्पताल बुटवल र जिल्ला अस्पताल (भिम अस्पताल) भैरहवामा मात्रै सर्पले डसेको र बौलाहा कुकुले टोकेको बिरामीको उपचार हुने गर्दछ । क्षेत्रीय मेडिकल स्टोरले अस्पतालमा अभाव हुन नदिने गरी यी औषधी दिंदै आएको थियो । तर केन्द्रबाटै नआएको क्षेत्रीय मेडिकल स्टोलले जवाफ दिएको सूचना अधिकृत रेग्मीले बताउनु भयो ।
लुम्बिनी अञ्चल अस्पतालमा मात्रै अहिले सर्पले डरेका बिरामी दैनिक ३÷४ जना र बौलाहा कुकुरले टोकेका बिरामी दैनिक ३०÷३५ जना आउने गरेको अस्पतालले जनाएको छ । चालु आर्थिक वर्षको ३ महिना सम्ममा सर्पले टोकेका ९ जना बिरामीको लुम्बिनी अञ्चल अस्पतालमा ज्यान गईसकेको छ । यो औषधी अभाव हुँदा बिरामीलाई ठूलो समस्या हुने र मान्छेको बाँच्न पाउने अधिकार कुण्ठित भएको सूचना अधिकृत रेगमीले बताउनु भयो ।