थ्रि-स्टारद्वारा लिग उपाधि कब्जा

547

थ्रि-स्टारद्वारा लिग उपाधि कब्जा

fccbad5c81dccdcd35390608045c4b14बुटवल/कप्तान सागर थापा र उपकप्तान सन्दिप राई म्याच फिक्सिङको अभियोगमा प्रहरीको खोरमा पुगेपछि दुःखी बनेको थ्रिस्टार क्लबले रेडबुल राष्ट्रिय लिग फुटबलको उपाधि जितेर आफ्ना समर्थकहरुलाई खुसी बाँडेको छ।थ्रिस्टारले लिगको अन्तिम खेलमा शनिबार मनाङमर्स्याङ्दी क्लबलाई २-० गोलअन्तरले पराजित गरेर लिगको उपाधि जिती समर्थकहरुलाई खुसी बाँडेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) को ललितपुरको सातदोबाटोस्थित मैदानमा भएको खेलमा थ्रीस्टारले थापा र राईको अनुपस्थितिमा रक्षापंक्तिमा कुनै कमजोरी हुन नदिइ मनाङमर्स्याङ्दीलाई पराजित गरेको हो।थ्रीस्टारलाई जित दिलाउने क्रममा ओलावाले अफिजले खेलको ४८ औं मिनेटमा तथा विजय धिमालले अतिरिक्त समयको दोस्रो मिनेटमा गोल गरे।रेफ्रीले ५ मिनेट अतिरिक्त समय थप गरेकामा थ्रीस्टारले दोस्रो गोल गरेपछिको बाँकि समय तनावपूर्ण बन्यो। तीन मिनेटको अन्तरमा तीन जना खेलाडी रातो कार्ड पाएर मैदानबाट बाहिरिए।मनाङमर्स्याङ्दीका मुसा र सुशील केसी तथा थ्रीस्टारका विजय धिमालले रातो कार्ड पाएका हुन्। मनाङमर्स्याङदीमाथि जीत दर्ता गरेसँगै थ्रीस्टारले ३५ अंकसहित पहिलो स्थान हासिल गरेर उपाधीसहित १ करोड रुपैयाँ पुरस्कार हात पारेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुलाई पदक र पुरस्कार रकम प्रदान गरे। थ्रीस्टारसँगको हारका कारण मनाङमर्स्याङदी क्लब भने तेस्रो स्थानमा चित्त बुझाउन वाध्य भएको छ। नेपाली सेनाको त्रिभुवन आर्मीले ३३ अंक जोडेका कारण मनाङमर्स्याङदी क्लब ३१ अंकसहित तेस्रो स्थानमा चित्त बुझाउन वाध्य भएको हो।दोस्रो स्थान हासिल गरेको त्रिभुवन आर्मीले ५० लाख तथा मनाङमर्स्याङ्दी क्लबले २५ लाख रुपैयाँ पुरस्कार स्वरुप पाएका छन्।लिगमा थ्रीस्टारका किरण चेम्जोङ उत्कृष्ट गोलपिकर, थ्रीस्टारकै राजेन्द्र तामाङ उत्कृष्ट प्रशिक्षक, झापा ११ का देवेन्द्र तामाङ उत्कृष्ट डिफेन्डर, मनाङमर्स्याङदीका विशाल राई उत्कृष्ट मिडफिल्डर र त्रिभुवन आर्मीका नवयुग श्रेष्ठ उत्कृष्ट फरवार्ड घोषित भए।गत माघ ७ गते सुरु भएको लिगमा आर्मीका नवयुगले सबैभन्दा बढी १४ गोल गरेका थिए। उत्कृष्ट घोषित भएवापत पाँचै जनाले पुरस्कारस्वरुप यामाहा मोटरसाइकल पाए।लिगमा ‘ए’ डिभिजनका पाँच क्लब र जिल्लाका चार गरी ९ टिम सहभागी थिए।