वार्तामा कांग्रेस सहभागी हुँदैनः कोइराला

493

वार्तामा कांग्रेस सहभागी हुँदैनः कोइराला

pmबुटवल,कात्तिक ३/पूर्वप्रधानमन्त्री सुशील कोइरालाले सरकारले गठन गरेको वार्ता टोलीमा नेपाली कांग्रेस  सहभागी नहुने बताएका छन्।

महाराजगञ्ज स्थित निवासमा मंगलबार रिपोर्टस क्लबले गरेको साक्षात्कारमा नेपाली कांग्रेसका सभापति समेत रहेका कोइरालाले मुलुकमा जारी समस्या समाधानका लागि भन्दै सरकारले गठन गर्न लागेको वार्ता टोलीमा सहभागि नहुने स्पष्ट पारेका हुन् । प्रतिपक्षी दल भन्दैमा आफुहरु विरोधका लागि विरोध गर्ने रणनीति अबलम्बन नगर्ने भन्र्दै उनले सही र राम्रा कामको समर्थन र स्वागत गर्दै जाने बताए।
 
सभापति कोइरालाले मुलुकमा जारी आन्तरिक समस्या समाधानका लागि आफ्नो कार्यकालमा मन्त्रीपरिषद्ले अघि सारेको संविधान संसोधनको प्रस्तावलाई वर्तमान सरकारले अघि बढाउनुपर्ने बताए । मधेसमा जारी आन्दोलन र तीनका मुद्धालाई सम्बोधन गर्ने उद्देश्यले अघि बढाईएको सो संविधान संसोधनको प्रस्तावलाई अहिलेको सरकारले अघि बढाउनुपर्नेमा नै कोइरालाले जोड दिए।
 
संविधान जारी भएको १२ दिनपछि असोज १५ गते बसेको कोइराला नेतृत्वको मन्त्रीपरिषद् बैठकले संविधान संशोधनको निर्णय गरेको थियो । तात्कालिन मन्त्रीपरिषद् बैठकमा संविधान संसोधनको प्रस्ताव एकपक्षीय ढंगले नेपाली कंग्रेसले ल्याएको भन्दै नेकपा एमालेको तर्फबाट रहेका मन्त्रीहरुले विरोध गरेका थिए । सो संसोधन प्रस्तावमा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण र राज्यका हरेक निकायमा समानुपातिक÷समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने मागहरुलाई सम्बोधन गरिएको थियो ।