दुर्गा नेपालको ‘बटौली शहर‘ बजारमा

503

दुर्गा नेपालको ‘बटौली शहर‘ बजारमा

बुटवल फागुन । चर्चित लोक दोहोरी गायिका दुर्गा नेपालको पञ्चेबाजाको लयमा रहेको नयां लोकदोहरी गित बजारमा आएको छ । बटौली शहर नामक उक्त गितको भिडियो समेत एकै पटक बजारमा आएको हो । दुर्गा नेपाल र मधुसुदन बञ्जाडेको स्वरमा रहेको गितमा बुटवल बजारको आकृषक दृष्य पनि भिडियोमा समावेश गरिएको छ । विवहाको मौसम चलिरहेका वेला निकालिएको गितले स्रोता तथा दर्शकहरुको मन जित्ने विश्वास गायिका नेपालको रहेको छ ।
विष्णु भट्टराईको निर्देशनमा बनेको म्युजिक भिडियोमा कलाकार अंकिता नेपाल र मोहान क्षत्री लगायतले अभिनय गरेका छन् । उक्त म्युजिक भिडियोमा नेपाली मौलिक विवहका रोचक पक्षहरु समावेश गरिएको छ।